• ६ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनिल पुन स्मृति फुटबल प्रतियोगिता उपाधीकालागी न्यू स्टार र घोराही १७ भिड्ने




नारायणपुर । घोराही उपमहानगरपालिका १० का युवा स्व.सुनिल पुनको स्मृतिमा सञ्चालित प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधीकालागी न्यू स्टार फुटबल एकेडेमी नारायणपुर र घोराही उपमहानगरपालिका १७ भिड्ने भएका छन् ।

सेमीफाईनलमा हापुर युथ क्लबलाई पराजित गर्दै र न्यू स्टार फुटबल एकेडेमी मेगा स्पोर्टस् क्लब घोराही १६ लाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । मंगलवार भएको सेमीफाईनल खेलमा घोराही १७ ले हापुर युथ क्लबलाई पेनाल्टी सुटमा ४–२ ले पराजित गर्दै फाईनलकालागी यात्रा तय गरेको हो । निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि पेनाल्टी सुटबाट नजिता निकालिएको थियो ।

निर्धारित समयमा हापुर युथ क्लबबाट सुशील बानिया र घोराही १७ बाट आशीष पुनले गोल गरेका थिए । यस्तै दोस्रो खेलमा न्यू स्टार फुटबल एकेडेमी नारायणपुरले मेगा स्पोर्टस् क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । जसमा न्यू स्टारबाट क्याप्टेन दिपेश पुन, एलिस रसाईली र सागर कुमालले एक÷एक गोल गरेका थिए भने मेगा स्पोर्टस्को तर्फबाट जिवन बुढाथोकीले एक गोल गरेका थिए ।

न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको फाईनल खेल बुधवार दिउसो २ बजेदेखी बिपी बाटिका खेलमैदान नारायणपुरमा हुनेछ । फाईनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
फाईनल खेलमा उपस्थित भई खेलाडीहरुलाई हौसला प्रदान गरिदिनुहुन आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ । प्रतियोगितामा १४ वटा टिमको सहभागीता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, दृतिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक खुमबहादुर पुनले जानकारी दिनुभयो ।

Facebook Comments