नारायणपुर । घोराही उपमहानगरपालिका १० का युवा स्व.सुनिल पुनको स्मृतिमा सञ्चालित प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगितामा आयोजक न्यू स्टार फुटबल एकेडेमी सेतो सेमीफाइृनल प्रवेश गरेको छ ।
क्वाटरफाईनल अन्तरगत भएको खेलमा न्यू स्टार फुटबल एकेडेमी सेतोले न्यू स्टार फुटबल एकेडेमी कालोलाई शुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो । जसमा दिपेश पुन, सुदीप के.सी, डेबिड चौधरी र एलिस रसाईलीले एक÷एक गोल गरेका थिए । क्वाटर फाईनल अन्तरगत सोमवार भएको पहिलो खेलमा यूनाईटेड क्लब लालमटियालाई पराजित गर्दै मेगा स्पोर्ट क्लब घोराही बिजयी भएको छ ।
न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको सोमवार क्वाटर फाईनल खेलहरु सम्पन्न भएका छन् । जसमा न्यू स्टार फुटबल एकेडेमी सेतो, मेघा स्पोर्ट क्लब घोराही, घोराही १७ र हापुर युथ क्लब सेमीफाईनल प्रवेश गरेका छन् । खेल बराबरी भएपछि पेनाल्टी सुटमा मेगाले ४–१ ले बिजय हासिल गरेको थियो ।
प्रतियोगितामा मंगलवार सेमीफाईनल खेलहरु हुनेछन् । जसमा दिउसो २ बजे हापुर युथ क्लब र घोराही १७ बिच खेल हुनेछ भने अपराह्न ४ बजे न्यू स्टार फुटबल एकेडेमी र मेगा स्पोर्ट क्लबबीच हुनेछ । प्रतियोगिताको फाईनल खेल असोज ९ गते बुधवार हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, दृतिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।