• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उद्योग सञ्चालनका लागि सहज बातावरण निर्माण गर्न सरकार प्रयत्नशिल छ : मन्त्री न्यौपाने




दाङ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले लुम्बिनी प्रदेशमा उद्योग सञ्चालनका लागि सहजता बातावरण निर्माण गर्न प्रदेश सरकार प्रयत्नशिल रहेको बताएका छन् ।

सरकारले सञ्चालनका लागि सहज बातावरण निर्माण गर्न केही प्रयास थलेको समेत बताए । दाङ जिल्ला उद्योग बाणिज्यले आयोजना गरेको उद्योग, पर्यटन तथा यातायात सम्वन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले उद्योग सञ्चालनका लागि प्रदान गरिने सिपमुलक तालिमको सहज पाटो मन्त्रालयले खोलिदिएको समेत मन्त्री न्यौपानेले जानकारी दिए ।

‘अहिले उद्योग क्षेत्र धरासायी अवस्थामा छ, धारासायी बनेको उद्योग क्षेत्रलाई कसरी सहज रुपमा सञ्चालन गर्ने भन्ने सम्वन्धमा म प्रयत्नशिल र प्रयासरत छु’,मन्त्री न्यौपानेले भने,‘उद्योग सम्वन्धी सिपमुलक तालिमका लागि बनाइएको जटिल कार्यविधिलाई भर्खरै मात्र संशोधन गरिएको छ ।’ मन्त्री न्यौपानेका अनुसार सिपमुलक तालिमका लागि सिटिइभिटीईबाट मान्यता प्राप्त दोश्रो तहका प्रशिक्षकहरुले मात्र प्रशिक्षण दिने व्यवस्था यसअघिको कार्यविधिमा थियो मन्त्री न्यौपानेले केही दिन अघि मात्र यो कार्यविधि संशोधन गर्दै दोश्रो तहबाट घटाएर प्रशिक्षकको मात्र मान्याता प्राप्त प्रशिक्षकले समेत तालिम दिन पाउने व्यवस्था गरिदिएका छन् ।

त्यसैगरी मन्त्री न्यौपानेले उद्योग क्षेत्रमा देखिएका समस्या पहिचानका लागि आफु गम्भीर रुपमा लागेको समेत बताए । ‘उद्योग क्षेत्रमा देखिएका समस्या र चुनौती पहिल्याउन मन्त्रालय सक्रिय रुपमा लागेको छ’,मन्त्री न्यौपानेले भने,‘समस्या पचिान गरेर समाधानका लागि संक्रिय रुपमा लागिने छ ।’

धरासायी अवस्थाा पुगेका उद्योगहरुलाई चलाएमान बनाउन सरकारले उद्यमीहरुलाई सहुलिय प्रदान गर्ने समेत न्यौपानेले बताए । ‘लुम्बिनी प्रदेशमा अहिले उद्योग दर्ता हुनेभन्दा बन्द हुने संख्या बढी छ, प्रदेशको समग्र आर्थिक समृद्धिका लागि राम्रो विषय होइन’,मन्त्री न्यौपानेले भने,‘अव धरासायी अवस्थामा पुगेका उद्योग सञ्चालनका लागि प्रदेश सरकारले सहायता प्रदान गर्ने छ । त्यसका लागि उद्योग क्षेत्रमा देखिएका सवै समस्याको पहिचान हुनु जरुरी छ ।’ मन्त्री न्यौपानेले उद्योग सञ्चालनमा देखिएका समस्या समाधानका लागि यसका विज्ञहरुसँग तत्काल छलफल गरिने समेत बताए ।

यसैगरी मन्त्री न्यौपानेले प्रदेशको आर्थिक समृद्धिको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा सरकार लागि परेको बताएका छन् । लुम्बिनी प्रदेशका आउने पर्यटकलाई कसरी धेरै दिनसम्म प्रदेशमा अडड्याउन सकन्छि भन्ने विषय चुनौतीको रुपमा रहेको भन्दै यो चुनौती समाधान गर्नु आफ्नो महत्वपूर्ण एजेण्डा रहेको मन्त्री न्यौपानेले बताए ।

‘प्रदेशमा कसरी धेरैभन्दा धेरै पर्यटक भित्राउने भन्ने लक्ष्य छ, छदैछ, त्यसमाथि भित्रिएका पर्यटकलार्य कसरी प्रदेशमा धेरै दिनसम्म अड्याउन सकिन्छ भन्ने चुनौती पनि छ’,मन्त्री न्यौपानेले भने,‘यसका लागि पर्यटकहरुलाई प्रदेशका पर्यटकिय स्थलका बारेमा जानकारी हुनुपर्छ,पर्यटकको उचित बसोबासको व्यवस्था हुनुपर्छसँगै सडक सञ्जालको उचित प्रबन्ध हुनुपर्दछ ।’ प्रदेश सरका यी योजनाहरुमा प्रतिवद्ध रहेको बताए ।

यसैगरी मन्त्री न्यौपानेले यातायात क्षेत्रमा विभिन्न समस्याहरु रहेको भन्दै समस्या समाधानका लागि आफु गम्भीर रुपमा लागेको बताए । यातायात क्षेत्र सुधारकालागि मन्त्रालयले कार्यदल गठन गरेको र त्यो कार्यदलले काम गरिरहेको मन्त्री न्यौपानले बताए । मन्त्री न्यौपानेका अनुसार उक्त कार्यदलले सेवाग्राहीका गुणाना सुन्ने,यातायात कार्यालयहरुबाट भइरहेका सेवा प्रवाह र सेवा प्रवाहमा देखिएका समस्याका बारे अध्ययन गर्नेछ । उक्त कार्यदलको अध्ययन प्रतिवेदनका आधारमा कार्ययोजना बनाएर यातायात क्षेत्र सुधार गरिने मन्त्री न्यौपानेले बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

Facebook Comments