• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कलाकारितामा जमेकी नारायणी




दाङ । नृत्यप्रतिको उपद्रो बाल्य रुची । यो कौतुहलताले सानैदेखि नाच्न प्रेरित गरिरह्यो । अनि विद्यालयमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा उनको प्रस्तुती रहिरह्यो । दाङकी नारायणी खत्रीलाई बाल्यकालको डान्सर बन्ने मोहले छोडेन् ।

फलतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजहरु अहिले उनका प्रस्तुती थलो बनेका छन् । ‘सानैैदेखि नै गीत गाउने अनि नाच्ने रहर जागिरह्यो,’ उनले भनिन् ‘त्यहि रहरले कहिल्यै छोडेन्, अहिलेसम्म त्यहि बाटोमा हिडिरहेको छु ।’

तथापि पारिवारीक रोकावटले उनको यो सपना अधुरै रहन्छ कि भन्ने शंशय पैदा गरिरहन्थ्यो । भलै परिवारले उनलाई रोकतोक भने गरेन । नामी कलाकार बन्ने दृढ संकल्प अनि लगावले नारायणी कलाकारीताको बगैँचामा सुन्दर फुल बनेर  फक्रिईन् । उनी भन्छिन् ‘घर परिवारले पनि कलाकारितामा लाग्न प्रेरित गर्नुहुन्थ्यो, अहिले जति सफलता मिलेको छ , यसको पहिलो श्रेय भनेकै मेरो परिवार हो ।’

‘स्कुलमा पढ्दा साना स्टेजहरुमा मात्रै प्रस्तुती राखेको नारायणीले दाङमा लाग्ने मेलाबाट ठूलो स्टेजमा प्रस्तुती सुरु गरेको थिइन । दाङमा बसेर मेला महोत्सवमा स्टेजहरुमा मात्रै प्रस्तुती दिदै आएको नारायणी करिव ४ बर्ष अगाडी कलाकारिता यात्रालाई अझ फराकिलो पार्न उनि काठमाडौँमा पुगेर नृत्य कक्षा लिन थालिन् ।

काठमाडौँ प्रवेश गरेसँगै उनको नृत्यको प्रशंशा ब्यापक बन्दै जान थाल्यो भने कलाकारीता क्षेत्रका अग्रजहरुसंगको बाक्लो चिनजानले उनको सपना पुरा हुने अभिलाषालाई बढाईरह्यो । कलाकारितामा जमेर आफूलाई स्थापित गर्न सक्ने सम्भावित कलाकारको रूपमा उनलाई अथ्र्याउँदा नारायणीमा उस्तै उर्जा प्राप्त हुन्थ्यो ।

आफूलाई नृत्यमा अब्बल बनाउने मार्ग कोरिसकेकी नारायणी काठमाडौँ पुगेपछि कलाकारिताको औपचारिक यात्रा तय गरेको छोटो समयमा २०० भन्दा गीत काम गरिकिछिन् । ठमेल आसन, मायाले दिल गाड्यो, शिरफुल शिरको, बेलैमासोच मायाले, लैजाउ मलाई डुङ्गा तरी, मन परेकी सै लागायत उनीको चर्चित गीत रहेका छन् ।

हेर्दा पनि आकर्षित सधै हाँसि रहने शालिन स्वभावकी र आफ्नो कर्म, मेहेनतमा विश्वास गर्ने नारायणी यसपालिको तीज गीतमा करिब २ दर्जन भन्दा बढीमा काम गरेको उनीले अहिले  दैश तिहार गीतको सुटिङमा व्यस्त रहेको छिन् ।

कलाकारिता क्षेत्रमै मिलेको यो सफलताले नारायणीलाई  नेपालमा मात्र होइन्, अन्तर्राष्ट्रिय मञ्चले समेत खोजी गरिरहेका छन् । उनी आफ्नो प्रस्तुतीकै लागि जापान , बराहिन दुवईलगायतका देशमा पुगिसकेकी छिन् । ‘विभिन्न देशमा आफ्नो प्रस्तुतीका लागि पाइला टेक्न पाउनु मलाई कलाकारिता क्षेत्रले दिएको ठूलो खुसी हो’, उनले भनिन् ।

नारायणीले विभिन्न बिधामा ६ वटा अवार्ड प्राप्त गरेको छिन् भने अहिले काठमाडौमा आफ्नै डान्स स्टुडियो (नारायणी डान्स स्टुडियो ) समेत चलाउदै आएको छिन् ।

Facebook Comments