• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघको चुनाव: उम्मेदवारको मनोनयन दर्ता असोज ४ देखि सुरू




दाङ । नेपाल पत्रकार महासंघको चुनाव असोज १२ गते हुँदैछ। जिल्ला, प्रदेश र संघमा एकै दिन निर्वाचन हुनेछ।

त्यसका लागि असोज ४ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका प्रकाशित भएको छ।

मतदाता नामावली शनिबार साँझ नै प्रकाशित भइसकेको छ। शुद्धीकरण गर्ने अभियान चलाएको महासंघले पुरानै सूची सार्वजनिक गरेको छ।

उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

असोज ४ गते अपराह्न ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

साथै संस्थागत समिति, जिल्ला शाख र प्रतिष्ठान शाखाको मनोनयन दर्ता असोज १० गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

मतदान असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।

यस्तो छ कार्यतालिका

Facebook Comments