बाग्लुङ। बाग्लुङमा भएको सवारी दुर्घटना ज्यान गुमाएकी रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा ‘शी लिड्क आइकन’को उत्कृष्ट २७ मा छनौट भएर फाइनलका लागि प्रतिष्पर्धामा रहेकी थिइन् ।कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत सञ्चालित ‘शी लिड्क आइकन’को अन्तिम प्रतिष्पर्धाका लागि भोटिङ चलिरहेकै बेला बुढाको दुर्घटनामा ज्यान गएको हो ।
सो संस्थाले देशभरिका उत्कृष्ट एक सय ४० जनप्रतिधिबाट उत्कृष्ट २७ जना छनौट गरेको थियो भने त्यसमध्ये पनि अन्तिम तीन उत्कृष्ट प्रतिनिधिका लागि भुपेन्द्रा प्रतिष्पर्धामा रहनुभएको थियो ।
रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको राजनीतिक पृष्ठभूमिको परिवारमा जन्म भएको थियो । उहाँका बुवा प्रधानपञ्च र आमा महिला स्वास्थ्यस्वयंसेविका भएकाले पनि सानैदेखि राजनीतिक आन्दोलनमा लाग्न सहज भयो । पालिका उपाध्यक्ष भइसकेपछि भुपेन्द्राले महिला अधिकारलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम अघि सार्नुभएको थियो ।
गर्भवतीसँग उपाध्यक्ष, किशोरीसँग उपाध्यक्ष, खाडीपाखी बुनाईमा महिला, महिला परामर्श भवन निर्माण, मानसिक रोग पहिचान, आमा समूहको सशक्तिकरणलगायतका कार्यक्रममार्फत उहाँले पालिकामा महिला अधिकार स्थापित गर्न महत्वपूर्ण सुरुवात गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।