बाग्लुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा आज विहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो।
रा १ झ २०० नम्वरको जीप रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाको रहेको खुलेको छ । मृतक र घाइतेहरुको सनाख हुन नसकेपछि दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा पनि परेको आशंका गरिएको छ । बाग्लुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनास्थलमा उपाध्यक्षको कार्ड भेटिएको जानकारी दिनुभयो ।
एक जना घाइते भीरमा अडिएकाले उद्धारको प्रयास भइरहेको छ । दुर्घटनास्थल अप्ठ्यारो भिरमा भएकाले शव निकाल्न पनि कठिन भइरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।