• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीका वन मन्त्रीले दिए राजिनामा




दाङ। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मिले मन्त्री पदबाट राजिनामा दिनु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष कुर्मीले मंगलबार राजिनामा बुझाउनु भएको नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चाैधरीले बताउनु भयो ।

बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी बादशाह कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशकाे वन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको थियाे । मन्त्रीमा नियुक्त भएदेखिनै उहाँकाे बारेमा मानव अधिकारकर्मीहरुले बिराेध गर्दै आएका थिए । आफू माथि लागेकाे आराेपहरुकाे छानवीनकाे लागि मार्गप्रसस्त गर्न मन्त्री पदबाट राजिनामा दिएकाे बताइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा लाग्दै आएकाे छ । महिला अधिकारकर्मी रुवि खान लगायतले कुर्मीको हत्या प्रकरणमा बादशाहमाथि कारबाहीको माग गर्दै राजधानी केन्द्रीत प्रदर्शन गर्दै आएका छन ।

Facebook Comments