• २५ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विकासमा राजनीतिक एकता र जस लिने प्रवृति




आर.के. शीतल

विकास एक बहुआयामिक प्रक्रिया हो । जसले समाजको समग्र प्रगतिलाई सुनिश्चित गर्दछ । यस प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न घटकहरुको एकता र समन्वय अनिवार्य छ । राजनीतिक एकता विकासको यो महङ्खवपूर्ण घटक हो । जसले स्थिरता, सहकार्य र दीर्घकालीन योजनाका लागि आधार प्रदान गर्दछ ।

राजनीतिक एकता भनेको विभिन्न जातीय, सांस्कृतिक, र राजनीतिक समूहबिचमा आपसी सहकार्यको अवस्था हो । यो एकता जनताको साझा उद्देश्य, लक्ष्य र प्राथमिकतामा आधारित हुन्छ । जब विभिन्न समूहहरुले मिलेर राष्ट्रको समग्र भलाइका लागि काम गर्छन् तब यसले एकता र सहकार्यलाई प्रोत्साहन गर्छ । राजनीतिक एकता सामाजिक स्थिरता र शान्तिको आधार हो । जब विभिन्न जातीय, धार्मिक र सांस्कृतिक समूहबिच सहयोग र समझदारीको वातावरण हुन्छ तब समाजमा शान्ति कायम रहन्छ । विकासका लागि स्थिर र दीर्घकालीन नीतिहरु आवश्यक छन् । राजनीतिक एकता यसमा सहायक हुन्छ, किनकि यसले विभिन्न सरकार र प्रशासनिक निकायबिच समन्वय सुनिश्चितता गर्छ । जब विभिन्न राजनीतिक दलहरु एकमत हुन्छन् तब विकासका योजना र परियोजनाहरु सफलतापूर्वक कार्यान्वयन गर्न सजिलो हुन्छ । राजनीतिक एकता आर्थिक समृद्धिमा महङ्खवपूर्ण भूमिका खेल्छ ।

राजनीतिक एकताले समृद्ध अर्थतन्त्रले नयाँ रोजगारीका अवसर सिर्जना गर्छ । जसले जनताको जीवनस्तर सुधार्छ भने विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा एकता सहयोग पु¥याउँछ । जसले सम्पूर्ण समाजको लाभ सुनिश्चिततता गर्दछ । राजनीतिक एकताले संविधान र कानूनको पालनमा महत्वपूर्ण भूमिका निभाउँछ । जब सबै राजनीतिक दल र समूहहरुले संविधानको सम्मान गर्छन् तब कानूनी व्यवस्था बलियो हुन्छ । यसले न्याय र समानता सुनिश्चित गर्छ । जसले जनताको विश्वास निर्माण गर्छ र विकास प्रक्रियामा योगदान पु¥याउँछ ।

समग्र दाङ जिल्लाको विकासका लागि सम्पूर्ण राजनीतिक दलहरु पछिल्लो पटक एक ठाउँमा उभिए । भदौ पहिलो साता काठमाडौं पुगेको दाङका जनप्रतिनिधिहरु एकैठाउँमा उभिएर जिल्लाको विकासका लागि दङाली नेतृत्वले टोलीले प्रधानमन्त्री एवम् मन्त्रीहरुलाई भेट ग¥यो । प्रधानमन्त्री, पर्यटनमन्त्रीलगायतका मन्त्रीलाई भेटेर जिल्लाको विकासका लागि बुँदागत रुपमा ज्ञापनपत्र बुझायो । दाङ तुलसीपुर स्थित टरिगाउँ विमानस्थलको धावन मार्ग स्रोन्नति गर्ने, लमही–घोराही–तुलसीपुर चारलेन सडक यथाशीघ्र टेण्डर गर्ने, दाङको कोइलाबास भन्सार नाकालाई सुचारु गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको जग्गा प्राप्ति तथा एमबिबिएस पढाइका लागि स्वीकृत गर्नेलगायत १२ वटा बुँदाहरु राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

समग्र दाङ जिल्लाको आर्थिक तथा भौतिक विकासको लागि प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा लेखिएको छ, ‘दाङ जिल्ला नेपालकै सबैभन्दा ठुलो उपत्यका रहेको जिल्ला हो । जिल्लाको कूल क्षेत्रफलको करिब ९२९५५ वर्ग कि।मि।०मध्ये दुईतिहाइ क्षेत्रफल ९१९२९।५५ वर्ग कि।मि।० वन जङ्गलले ढाकेको छ भने कृषि क्षेत्र ६९९।५ वर्गकिमी, अनुत्पादित क्षेत्र २०४।४५ वर्गकिमी र चरीचरन क्षेत्र १२९।५ वर्गकिमी रहेको छ । यहाँ कोइला र चुनढुङ्गाका साथै तामा, मट्टीतेललगायतका खनिज पदार्थको प्रचुर सम्भावना रहेको मानिन्छ । जिल्लाको महाभारत तथा दाङ उपत्यकामा चिम्ट्याइलो माटो, चुरे क्षेत्रमा बलौँटे दुमट माटो र देउखुरी उपत्यकामा दुमट माटो पाइन्छ । यहाँका खोलानालाहरुमा प्रशस्त मात्रामा बालुवा, ढुङ्गा तथा यी दुवैको मिस्कट पाइन्छ । जिल्लामा थारु, क्षेत्री, ब्राह्मण, नेवार, मुसलमान, मगर र दलित समुदायको मिश्रित बसोबास रहेको र यो जिल्लाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार महिला ३,५४,४२० र पुरुष ३,२०,५७३ गरी कूल जम्मा ६,७४,९९३ रहेको छ ।

राप्ती र बबई यस जिल्ला भई बग्ने ठुला नदीको रुपमा परिचित छन् । राप्ती दाङ जिल्लाको दक्षिणी उपत्यका देउखुरीको पूर्वबाट पश्चिम भएर बगेको छ भने बबई दाङ उपत्यकाको दक्षिणमा रही पूर्वबाट पश्चिमतर्फ बगेको छ । यी नदीहरु बाहेक यस जिल्ला भएर बग्ने खोलानालाहरुमा सिस्ने खोला, कटुवा खोला, सेवार खोला, पत्रे खोला, सङ्क्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, गहते खोला, भमके खोला, बागर खोला, बहुला खोला, च्याटी खोला, ट्वाङ खोला आदि प्रमुख हुन् । यसैगरी जिल्लाका प्रमुख ताल, तलाउ तथा दहहरुमा बाह्रकुने दह, सप्तकुण्ड, जखेरा ताल, चरिङ्गे दह, भोेटे दह, ज्यामिरे दह पर्दछन् भने पुरन्धारा छहरा र सुन छहरा यस जिल्लाका प्रमुख झरनाहरु हुन् ।

प्राकृतिक र सांस्कृतिक रुपले धनी यस जिल्लाको समग्र आर्थिक तथा भौतिक विकासका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई दाङ जिल्ला अन्तर्गत विकास निर्माणका सन्दर्भमा तपसिलमा उल्लिखित योजनाहरुलाई राष्ट्रिय योजनामा समावेश गरी आवश्यक बजेट विनियोजनका लागि विशेष पहल गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।’

ज्ञापनपत्रमा दाङ तुलसीपुर स्थित टरिगाउँ विमानस्थलको धावन मार्ग स्ररोन्नति गर्ने ९डिपिआर बमोजिम आवश्यक बजेट रु। ३ अर्ब ४२ करोड २८ लाख ३५ हजार २ सय ३००, लमही–घोराही–तुलसीपुर चारलेन सडक यथाशीघ्र टेण्डर गर्ने, दाङ कोइलाबास भन्सार नाकालाई सुचारु गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको जग्गा प्राप्ति तथा एमबिबिएस स्वीकृत गर्ने, सुकौरा–राजकोट० दंगीशरण राजाको पहिचान –थारु संस्कृति, परम्परा झल्किने० संरचना निर्माण गर्ने ९आवश्यक बजेट रु। ५ करोड०, सुकौरा–चरकमटिया सडकमा बजेट व्यवस्थापन गरी डेण्डर गर्ने, देउखुरी उपत्यकामा रिङ रोड निर्माण एवम् मेट्रो बस सञ्चालन गर्ने, राप्ती बंबई क्याम्पस तुलसीपुर, दाङलाई त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पस बनाउँने, दाङ जिल्ला स्थित राप्ती र बबई नदीको दुवैतर्फ तटबन्ध निर्माण गर्ने, दाङ उपत्यकामा चक्रपथ तथा बबई करिडोर निर्माण गरी मेट्रो बस सञ्चालन गर्ने, ग्वारखोला हाइड्याम निर्माण प्रक्रिया अगाडि बढाउने र स्वर्गद्वारी आश्रम र नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको जग्गा संरक्षण र उपयोग गर्ने बुँदाहरु ज्ञापनपत्रमा समेटिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञापनपत्रमा समेटिएको बुँदाहरु समग्र जिल्लाको विकासका लागि भएको भन्दै यी बुँदाहरु कार्यान्वयन गर्न सकेमा समृद्ध दाङ हुने बताए । प्रधानमन्त्री केपी ओलीले आफू दाङ जिल्लाको एयरपोर्ट स्तरोन्नतिका लागि सकारात्मक भएको भन्दै धावनमार्ग विस्तारका लागि नेपाल सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गर्न अर्थमन्त्रयलाई निर्देशन दिने तथा अन्य बाँकी काम हवाई उड्ययन प्राधिकरणले गर्ने भेटघाटमा सहभागी जनप्रतिनिधिहरुलाई आश्वासन दिए । भैरहवामा एयरपोर्ट छ, नेपालगञ्जमा पनि एयरपोर्ट छ, सुर्खेतमा पनि एयरपोर्ट छ तर बिचमै बनेको तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न अत्यन्तै आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले यसका लागि आफूले गम्भीरतापूर्वक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री समक्ष पेस गरिएको ज्ञापनपत्रले जिल्लाको विकासका लागि महङ्खवपूर्ण बुँदाहरु त समेटेको छ तर देउखुरीको समग्र विकासलाई समेट्न सकेन कि भन्ने प्रश्न उब्जिएको छ । हुन त ज्ञापनपत्र बुझाउने कार्यक्रममा पनि सांसदसहित जिल्लाका १० मध्य ५ पालिकाहरु मात्र उपस्थित भएको देखिन्छ । प्रतिनिधि सभा सदस्यहरु दीपक गिरी, मेनका पोख्रेलसहित स्थानीय तहका जनप्रतिनिधिहरु घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाको प्रमुख तथा उपप्रमुखहरु, जिल्लाका उद्योग वाणिज्य संघहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जसको नेतृत्व नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गरेका थिए ।

यसरी हेर्दा देउखुरी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति देखिँदैन । समन्वयको कमी हो या दाङमा सधैँको रोग क्षेत्रगत सोच हो रु भन्ने प्रश्न फेरि पनि उब्जिएको छ । पार्टीगत रुपमा हेर्ने हो भने पनि नेपाली कांग्रेस र नेकपा एमालेबाट विजयी भएका जनप्रतिनिधिहरुको उपस्थिति देखिन्छ भने नेकपा माओवादी केन्द्रबाट विजयी भएका संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता देखिएन । सरकार सञ्चालनमा सत्ता गठबन्धनको प्रभाव हो कि भन्ने चर्चा पनि जिल्लामा छ ।

जिल्लाको विकासका लागि सम्पूर्ण राजनीतिक दल एक पटक छलफल गरेर समग्र जिल्लाको विकासका लागि लामो गृहकार्यबाट योजना तयार गरेर सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण स्थानीय तहहरुको सहभागितामा प्रत्रानमन्त्री तथा सम्बन्धित मन्त्रीहरुलाई भेट गरेर जिल्लामा विकास माग गर्न सकेको भए थप प्रभावकारी हुन सक्थ्यो । दङाली टोलीको नेतृत्व गरेका नेकपा एमालेका महासचिव शंकर पोख्रेल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दीपक गिरीले पनि यो विषयमा ध्यान दिन आवश्यक छ ।

दङाली टोलीले ज्ञापनपत्र बुझाएको दुई हप्तामै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको पढाइ सुरु हुने भएको छ । बिएस्सी नर्सिङ, बिएनएस र एमडीएमएसका कक्षाहरु सञ्चालन भइरहेको प्रतिष्ठानमा अब आगामी कार्तिकदेखि ५० जनाको लागि एमबिबिएस पढाइ सुरु हुने भएको छ । प्रतिष्ठानमा हाल ४० विशेषज्ञ, एक सय ७५ नर्स र ५० जना प्यारामेडिक्स कार्यरत रहेको अस्पताल स्रोत बताउँछ । अहिले प्रतिष्ठानमा दैनिक ५ देखि ८ सय बिरामीले सेवा लिइरहेका छन् ।

प्रतिष्ठानमा ३ सय बेडको क्षमता छ । सरकारको ‘एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को नीति अनुसार स्थापित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लुम्बिनी प्रदेशको एकमात्र प्रतिष्ठान हो । २०१६ सालमा महेन्द्र हेल्थ सेन्टरका रुपमा स्थापित भएको स्वास्थ्य संस्था २०२१ सालमा १५ श®याको महेन्द्र अस्पताल, २०५० सालमा २५ श®याको अस्पताल र २०६४ मा ५० श®याको अस्पतालमा स्तरोन्नति भएको थियो । २०६५ साल चैत १२ गते राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति भएको यस अस्पताल २०७१ सालमा १ सय श®याको अस्पताल हुँदै २०७४ सालमा प्रतिष्ठानमा रुपान्तरण भएको हो ।

दाङबासीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने खबरले खुसी तुल्याएको छ तर यो उपलब्धिको जस लिनका लागि राजनीतिक दलका नेताहरुले विकासलाई राजनीतिकीकरण गर्ने गरेको छर्लङ्ग देखिएको छ । नेकपा एमालेका नेता कार्यकर्ताहरुले हाम्रो पार्टीको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, हाम्रो पार्टीले हो भन्ने अनि अर्कोतर्फ कांग्रेसले हाम्रो पार्टीका नेता स्वास्थ्य मन्त्री हुनुहुन्छ हाम्रो पार्टीले हो भन्ने उता फेरि नेकपा माओवादी केन्द्रले अघिल्लो सरकारमा हाम्रो पार्टीको प्रधानमन्त्री हुँदाको योजनाको कार्यान्वयन सुरु भएको भन्दै हाम्रो पार्टीले हो भनेर आ–आफ्नै पार्टीका डङ्का पिटिरहेको अवस्था छ । जुन विषय सामाजिक सञ्जालमा पनि छरपष्ट देख्न सकिन्छ ।

नेताहरुले यसरी लेख्दै गर्दा कार्यकर्ता एवम् सर्वसाधारणलाई पनि मत विभाजन गरेको छ । जिल्लामा हुने हरेक विकासका कार्यमा सम्पूर्ण राजनीतिक दलले हामी सबैको सामूहिक एकताले यो विकास सम्भव भएको हो, आगामी दिनमा पनि हाम्रो एकता कायम रहने छ भनेर भन्न सक्नु पर्छ । मन्त्री, मुख्यमन्त्री, सांसद भइसकेका नेतृत्वकर्ता अनि राजनीतिक दलका नेतृत्वहरुले पनि हरेक विकासमा हामी साझेदारी गरेर अगाडि बढ्नु पर्छ र भएको विकासमा पनि हाम्रो एकताले नै सम्भव भयो भन्ने सन्देश दिन आवश्यक छ ।

विकासमा राजनीतिक एकता अत्यन्त महङ्खवपूर्ण छ । यसले सामाजिक स्थिरता, नीतिगत निरन्तरता, आर्थिक समृद्धि र कानुनको पालन सुनिश्चित गर्छ । यद्यपि यसका लागि विभिन्न चुनौतीहरु छन् तर उचित उपायहरु अपनाएर यी चुनौतीहरुको समाधान गर्न सकिन्छ । एकता र सहकार्यको वातावरण सिर्जना गरेर मात्र एक राष्ट्र दीर्घकालीन विकासको मार्गमा अघि बढ्न सक्छ ।

Facebook Comments