तुलसीपुर । अग्रगामी कृषि सहकारी संस्था तुलसिपुर उपमहानगरपालिका वडा नं।१८ हेमन्तपुरको ११औ साधारणसभा शनिवार सम्मन्न भएको छ । संस्थाका अध्यक्ष बिनय कुमार शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष माधव वलीको प्रमुख आतिथ्यता एवं प्रेस सेन्टर नेपाल दाङका कार्यालय सदस्य गिरिराज नेपाली विशिष्ट आतिथ्यता सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष वलीले सहकारी मुलुकको अर्थतन्त्र विकासको एक मेरूदण्ड रहेकाले हरेक सहकारी अब उत्पादनसँग जोड्नु पर्ने बताउनु भएको थियो । सहकारी विकासको अवधारणाले समाज उत्थानको कामलाई समेत जोड्दै आईरहेकाले सहकारी र समाज एक अर्काका परिपुरक रहेको बताउनुभयो । अहिले मुलुक उत्पादनमुखी नभई आयातमुखी बन्दै गईरहेकाले हरेक घर , हरेक व्यक्ति उत्पादन र आत्मनिर्भर उन्मुख बन्दै जानुपर्नेमा बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ दाङका सदस्य गिरिराज नेपालीले सहकारी विकासको समुदाय सचेत र आर्थिक समृद्धि तर्फ उन्मुख बन्दै गईरहेको बताउनुभयो । तर सहकारी समृद्धि र विकासका लागि राज्यले मतभेद र विभेद गरेको बताउनुभयो । सरकारीहरू राज्य दिने सेवा सुविधामा तेरोमेरोको भाव राखेको उहाँको भनाई थियो । संस्थाका उपाध्यक्ष तारा बहादुर कामीको स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रममा संस्था पूर्व अध्यक्ष धनबहादुर नकाल लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सचिव डिल्ली ददेलले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।