घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा व्यवसायीलाई सामाजिक व्यावसायिक सुरक्षा कोषबाट राहत दिएको छ ।
करुणा ट्रेडिङका सञ्चालक एंव दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको वुवा कमल सिंह कार्कीको मृत्यु भए पछि आज कार्कीकै निवासमा पुगेर संघका अध्यक्ष वसन्त जोशी सहितको टोलीले रु. २५ हजार रुपैयाँ राहत दिएको हो । संघका सदस्य कार्कीको असामयिक निधनपश्चात संघले काजकिरिया खर्च स्वरुप उक्त रकम दिएको हो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।