दाङ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा दाङ विभिन्न संघसंस्थाले तिज मिलन कार्यक्रम गरिरहेका छन ।
सोही अवसरमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सल्यान- दाङ सम्पर्क समिती भोली शनिवार तीज मिलन तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ ।
महिलाहरुको महत्वपूर्ण पर्वको रुपमा रहेको तीजमा कार्यक्रम आयोजना गरि दिदीबहिनीलाई भेटघाट तथा रमाईलो गर्ने अवसर मिल्ने सम्पर्क समितिका अध्यक्ष दिपेश डिसिले बताए ।
साथै डिसिले भोलि सनिवार धारपानी मन्दिरमा हुने तीज मिलान कार्यक्रममा सम्पुर्ण नेविसंघमा आवद्ध दिदीबहिनीहरुलाई उपस्थिति हुने आग्रह गरेका छन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।