बिष्णु गाेराथाेकी
घोराही । रिलायबल नेपाल लाइफ इन्स्युरेन्स लिमिटेड. घाेराहि शाखाले जिवनविमा अभिकर्ता उत्प्रेरणा, सम्मान तथा तिज दरखाने कार्यक्रम सम्पन्न गरेकाे छ । शाखा प्रमुख सन्तोष गौतमकाे अध्यक्ष एवम् मार्केटिङ विभाग प्रमुख शैलेन्द्र श्रेष्ठकाे प्रमुख आतिथ्यतामा,लुम्बिनी प्रर्देश प्रमुख राजेन्द्र पौडेल, लमहि शाखा प्रमुख प्रबिन शर्माकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नागरिकलाई आर्थिक सुरक्षा र भविष्यको योजना बनाउन मद्दत पुर्याउँनुकाे साथै जीवन बीमा योजनाहरू मार्फत, यो कम्पनीले दुर्घटना, मृत्यु वा अन्य आपत्कालीन अवस्थामा परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै आएको बताउनुभएको थियाे । यसले बचत योजनाहरू पनि उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा वित्तीय स्थिरता हासिल गर्न मद्दत पुर्याएकाे छ । कम्पनीले वित्तीय समावेशीकरण र जीवन बीमाको महत्त्वबारे जनचेतना फैलाउन पनि महत्त्वपूर्ण भूमिका खेलेकाे श्रेष्ठले उक्त कार्यक्रममा बताउनुभएको थियाे ।
घाेराहि शाखाले आज २० जनालाई सम्मान गरेकाे छ । शाखामा आवद्ध भएर ट्रागेट पुरागरि म्यानेजर बन्न सफल हुनुभएका २० जनालाई सम्मान गरेकाे हाे । कार्यक्रममा करिव ७५ जना सहभागी भएका थिए । घाेराहि शाखा कर्मचारी रञ्जिता दाहालकाे स्वगत मन्तब्य सुरुभएकाे उक्त कार्यक्रमकाे सहजिकरण लमहि शाखा प्रमुख प्रबिन शर्माले गर्नुभएको थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।