• १५ माघ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बेसहाराको अभिभावक सेवा घर




आर.के. शीतल

‘भनिन्छ श्रद्धाले झुकेको शिर प्रेमले भरिएको नयन सत्यसँग जोडिएको जिब्रो सेवा गरिरहेको हात सत्मार्गमा लागेका पाउ अनि मुस्कुराइरहेको ओठ वास्तवमै हामी मानवलार्ई मात्र होइन परमात्मा ईश्वर भगवान् सबैलार्ई मनपर्छ त्यसैले मुस्कुराउँदै गरिदिनु होला नमस्कार ।’ सेवा घरमा आउने व्यक्तिलार्ई स्वागत गर्ने सुन्दर वाक्य हो यो । मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा सहयोगी भावना लिएर पाल्नु हुने व्यक्तिलार्ई स्वागत सम्मान गर्ने यो वाक्यले मानवलार्ई मुस्कुराउन र खुसी जीवन जिउनका लागि उत्प्रेरित गरिरहेको हुन्छ ।

२०७५ सालमा स्थापना भएको मानव कल्याण समाजले घोराही उपमहानगरपालिका वडा न। १० मा स्थापना गरेको सेवा घरमा धेरै पटक उपस्थित हुने र सहयोग गर्ने मौका पाएको छु । सेवा घरलार्ई सहयोग गर्नका लागि सहयोगी कतिपय व्यक्तिले सम्पर्क गर्नुहुन्छ भने कतिपय अवस्थामा सेवा घरले नै निम्तो दिने गर्दछ । आँफू आवद्ध संघसंस्थालार्ई विशेष दिनमा सेवा घरमा सहयोग गर्नका लागि उत्प्रेरित गर्ने गर्दछु ।

पछिल्लो पटक नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको ३१औँ स्थापना दिवसको अवसरमा सेवा घरमा जाने अवसर मिल्यो । महिलाले मात्र २०५० सालमा स्थापना गरेको सेवा केन्द्रले आफ्नो स्थापना दिवसको अवसरमा सेवा घरमा दिवा खाजा खुवाउनुका साथै अति आवश्यक सरसफाईका सामाग्री एवम् खाद्यान्न सहयोग गरेको थियो । सहयोगी सेवा घरमा प्रवेश गर्दै गर्दा गर्ने स्वागत र औपचारिक कार्यक्रम सुरु हुँदा गर्ने स्वागत एकदमै स्मरणयोग्य लाग्छ । सेवा घरका बेसहाराको सेवामा समर्पित व्यक्तिले गर्ने स्वागत सम्मानका शब्दहरु एकदमै मिठास र वास्तविक छन् । सेवा घरले स्वागत गर्ने तरिका उपस्थित अतिथि धेरैलार्ई मन पर्ने गरेको म सहभागी कार्यक्रममा प्रतिक्रिया पाएको छु ।

औपचारिक कार्यक्रम शान्तिको कामना सहित दीप प्रज्वलन गरेर गर्ने र दीप प्रज्वलन प्रश्चात हुने प्राथनामा बोलिने शब्द घतलाग्दा र प्रेरणादायी छन् । प्राथनामा भनिन्छ– ‘हे ईश्वर हे परमात्मा हे परमशक्ति तिमीलार्ई के नामले पुकारौँ । सत्य तिमी नै है सनातन तिमी नै छाँै । तिमी एक भएर पनि अनेक नामले पुकारिन्छौँ । सबमा घटघट बासी तिमी छौ । तिमी जताततै छौ । यहाँ छौ उहा छौ । सर्वत्र छौ । जल, स्थल, नवशव तिर तिमी छौ । दुःखको कुरा अज्ञानता र मोहनधताको कारण बुद्धि विवेकले सम्पन्न भएर पनि मनुष्य तिमीप्रति कृतज्ञ हुनुको सट्टा कृतग्न छ । अतः यो अज्ञानताको कालो बादललार्ई हटाउने प्रेरणा देउ ।

हे ईश्वर यस्तो कृपा गर तिमीलार्ई सवत्र देख्न सकौँ । प्राणी मात्रलार्ई तिम्रो रुपमा ग्रहण गर्न सकौ । परसेवालार्ई ईश्वर सेवा सम्झन सकौँ । लिनेभन्दा बढि त्याग्न सकौँ । आफ्नो स्वार्थलार्ई पन्छ्याई निस्वार्थतामा रम्न सकौँ । आफूमा भएका जतिपनि अवगुण छन् । जस्तै काम, क्रोध, लोभ, मोह, घमण्ड, अहंकार तिनको बदला सत्य, न्याय, अनुशासन, दया, माया, करुणा जस्ता मानवीय गुणलार्ई आत्मसाथ गरी जविनलार्ई सर्वोत्कृष्टतातर्फ, दिव्यतातर्फ उन्मुख गर्न सकौ । शान्ति, सद्भाव र आनन्द प्राप्त गर्न सकौँ ।

पहिले स्वयम् आफू बदलियौँ । त्यसपछि परिवार, समाज, राष्ट्र अनि विश्वलार्ई नै बदल्न सक्ने शक्ती सामथ्य क्षमता आर्जन गर्न सकौँ । रुढिवादी, अन्धविश्वास, विकृति र अज्ञानतालार्ई कत्तैव प्रोत्साहन नदिऔँ । यो श्रृष्टी सबैको लागि बरदान हो । मिलेर बस्न सक्ने उदार, विशाल र आत्मीय गुणहरुको विकसित गर्न सकौँ । अन्त्यमा सबैको मंगल होस् । सबैको कल्याण होस् । प्राणी मात्रको हित होस् । विश्वको जय होस् ।’ मानव जातिको कल्याण र विश्वको जय होस् भन्ने कामना सहितको यी शब्दहरु, वाक्यहरु सुन्दा मन आनन्दित हुन्छ भने शान्तिको अनुभुति हुन्छ ।

मानव कल्याण समाज मानव मात्रको कल्याण गर्ने संस्था हो । यो विशुद्ध सामाजिक संस्था हो । सडक तथा सार्वजनिक स्थलमा अलपत्र परिरहेका बेसाहारा जो नाना, खाना र छाना बिहिनी । जसको कोही छैन । जसको केही पनि छैन । अशक्त, असहाय, अनाथ, अपाङ्ग, मनोरोगी । बच्चादेखि बृद्धहरुलार्ई उद्धार उपचार र पालनपोषण गर्ने, उहाँहरुको परिवार भेटिए परिवारमा पुनर्मिलन गर्ने, यदि परिवार नभेटिएमा सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने । बेसहाराहरुको लौरी बनेर सहारा बन्ने संस्थाको रुपमा मानव कल्याण समाजले आफ्नो पहिचान बनाएको छ ।

२०७२ सालको भुकम्पपछि काठमाडौं, भक्तपुर र ललितपुरको सडकमा यत्रतत्र बेवारिसे अवश्थामा मानव धेरै भेटिए । त्यो समयमा सुमित्रा चौलागाई ९सुमी मानव० लगायत युवाहरुले टिमले सडक बेसाहराहरुको लागि काम गर्ने जमर्को ग¥यो । युवाहरुले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर बेवारिसे अवस्थाका सडक मानवहरुलार्ई सडकमै खाना खुवाउने, सरसफाई गरिदिने अभियान सुरु ग¥यो । काठमाडांै, ललितपुर र भक्तपुरलार्ई केन्द्रित गरेर काम सुरु गर्दै गर्दा भक्तपुरमा मानव सेवाका लागि संघसंस्थाहरु नभएको पत्ता लगाईसकेपछि ती युवा समूहहरुले योजना बनायो र संस्था स्थापना ग¥यो । २०७४ सालबाट सेवा सुरु गरेको मानव कल्याण समाजले २०७५ वैशाखमा संस्था दर्ता गरेर काम सुरु गरेको हो । जसको संस्थापक अध्यक्ष बनीन् ९सुमित्रा चौलागाई, सुमी मानव० ।

सेवा घरले भक्तपुरबाट केन्द्रीय कार्यालय सञ्चालन गरेको छ भने देशभर ६ स्थानबाट सेवा घर सञ्चालन गरेको छ । जसमा ३ सय ५० बढी व्यक्तिले सेवा पाइरहेका छन् । काठमाडौं पशुपति क्षेत्र, भक्तपुर झौखेल, काभ्रेको धुलिखेल र पनौती, बाराको निजगढ र दाङको नारायणपुरमा सेवा घर स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ । काभ्रेको पनौतीलार्ई बाल शाखाको रुपमा सञ्चालन गरिएको छ । जसमा बालबालिका मात्र रहेका छन् ।

संस्थापक अध्यक्ष सुमित्रा चौलागाईका अनुसार काभ्रेको पनौतीमा ४२ जना बालबालिका मात्र हुनुहुन्छ । एक महिनादेखि १२ वर्षको बालबालिका सेवा घरमा रहेका छन् । मानसिक समस्याले सडकमा जिवन बिताइरहेका महिला, सडकमा हुँदा बलात्कारबाट जन्मिएका बच्चादेखि विभिन्न प्राकृतिक तथा मानवीय विपदबाट जन्मिएका देशभरका बालबालिकालार्ई पनौती शाखामा राखेर सेवा दिइएको छ । उनीहरुको शिक्षामा पनि सेवा घरले विद्यालयलगायत विभिन्न सहयोगी मनको सहयोगमा सहयोग गर्दै आएको छ । ती बालबालिकाहरुको हाल जन्मदर्ता र भोलिको दिनमा नागरिकता समस्या रहेको छ ।

सेवा घर स्थापना गर्दा संस्थापकले धेरे चुनौती पनि व्यहोर्नु भयो । आफ्नै कोठा ९डेरा० मा राखेर मानवको सेवा सुरु गरेकोमा हाल आएर ६ शाखा स्थापना गरेर सेवा प्रवाह गर्न सफल भएको छ । सडकमै भेटिएका ७ जना युवाहरुले सुरु गरेको मानव कल्याण समाजले हाल २१ जना स्वयंसेवी युवाहरुले मानव सेवा खटिएका छन् । घरबाट बुवाआमाले क्याम्पस पढ्न, खाजा खान दिएको खोजीको पैसा खर्च गरेर काम सुरु गरेको, पुराना भाडाकुडा, खाद्यान्न, लत्ताकपडा लिएर सुरु गरेको, मन्दिरमा गएर जौ, तिल मिसिएको रातो चामल लिएर पनि खुवाएको, कति पुजारीले त्यही चालम पनि नदिएको, कतिपय पुजारीहरुबाट ५० प्रतिशत छुटमा चालम किनेको चालम पकाएर खुवाएको कष्टकर पलको स्मरण मानव कल्याण समाजका संस्थापकसँग छ । पछिल्लो समयमा खुला आकाशलार्ई ओड्ने र सडकलार्ई बिच्छ्याउने मानवलार्ई सेवा घरसम्म लिएर सेवा प्रवाह गर्दा भगवान्को कृपाले पुराना कपडा भए पनि, साँझ बिहानको खानाको व्यवस्थापन सहयोग मनबाट जुटेको अनुभव सेवा घर सञ्चालकसँग छ ।

मानव कल्याण समाज ९सेवा घर० नारायणपुरका संयोजक सुस्मीता श्रेष्ठलार्ई सेवा घर कसरी सञ्चालन भइरहेको छ भनेर सोध्दा जवाफ दिइन्– ‘खुसीको कुरा के छ भने हाम्रो सेवा घर विदेशीको सहयोग बिना नेपालीको मात्र सहयोगले चलेको छ । नेपालीहरुले जन्मोत्सव, विवाह उत्सव, पृतिहरुको सम्झनालगायत विशेष दिनको अवसरमा हुने सहयोगले मात्र सेवा घर सञ्चालनमा रहेको छ ।’ यही प्रश्न गर्दा मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमित्रा चौलागाई भन्छिन्–‘हामी नेपाली मनहरुको सहयोगले मात्र सेवा घर सञ्चालन गर्न सफल भएका छनौँ ।

स्थानीय तहबाट पनि राम्रो सहयोग भएको छ । जुन स्थानीय तहमा सेवा घर सञ्चलानमा छ सो स्थानीय तहले राम्रो सहयोग गर्नुभएको छ । कतिपय व्यक्ति एवम् सघसंस्थाले सेवा घरको घरभाडा, विद्युत, पानीको रकम मेरोतर्फबाट भनेर पनि सहयोग गर्नुभएको छ । हामीलार्ई पछिल्लो समय सामाजिक सञ्जालले धेरै सहयोग पु¥याएको छ । सामाजिक सञ्जालको माध्यमबाट थाहा पाएर पनि सेवा घरमा सहयोग गर्न आउनेको संख्या उत्तिकै छ ।’

शिरदेखि पाउसम्म जुम्रा, जट्टा परेको कपाल, लट्टा परेको दारी । लामा लामा नंङ । खुट्टामा चप्पल छैन । आफैलार्ई लागेको चोट दुख्दैन । म कहाँ छु । म के बोलिरहेको छु । म को हुँ भनेर थाहा नपाउने व्यक्तिलार्ई सेवा घरसम्म ल्याउदा उहाँहरुबाट धेरैपटक कुटाई खाएको अनुभव पनि सेवा घर सञ्चालकसँग छ । उनीहरुलार्ई सेवा घरमा लिएर सरसफाई गरिदिने, नुहाइदिने, उपचार गर्ने, उहाँहरुलार्ई नाम दिने, स्वाहार सुसार गर्दै जाँदा जब निको हुन्छ त्यतिबेला आत्मसन्तुष्टी हुने सेवा घर सञ्चालक व्यवस्थापकको अनुभव छ ।

त्योभन्दा पनि अझ सेवा घरमा लिएर सेवा प्रदान गरेपछि उनीहरु सञ्चो भएर घरपरिवारमा पुनर्मिलन गराउदा एकदमै आनन्द, शान्ति र आन्मसन्तुष्टिको पल हुने गर्दछ । ‘जसको कोही छैन उहाँहरुको सेवा गर्न पाउदा गर्व फिल भइरहेको छ । जब उहाँहरुको सेवा गर्न पाउदा अझ सेवा घरमा सेवा पश्चात परिवारमा पुनर्मिलन गराउन पाउदा एकदमै आत्मसन्तुष्टि हुन्छ ।’ सेवा घर नारायणपुरका संयोजक सुस्मीता श्रेष्ठ भन्छिन् ।

सेवाघरमा दैनिक कपडामा फोहोर गर्ने आमाबुवालार्ई सरसफाई गरिदिने, दिउँसोको समयमा कपासको बत्ति काट्न सिकाउने, खाना पकाउन, भाडा माझ्न, कपडा धुन सिकाउने । टि।भि देखाउने, खेल खेलाउने, सबे जनासँग कुरा गर्ने, अशक्त भएको व्यक्तिलार्ई हड्न, हात खुट्टा चलाउन सिकाउने, योग गराउने, ध्यान गराउने, नाच्न गाउन मादल बजाउन लगाएर मनोरञ्जन प्रदान गर्ने गरिन्छ । खाना खान नजान्नेलाई खान सिकाउने, उहाँहरुसँग कुरा गर्दै उहाँहरुको परिवार खोज्ने प्रयासमै सेवा घर सञ्चालक एवम् व्यवस्थापनहरुको दिन बित्ने गर्दछ ।

सेवा घर सञ्चलानका विभिन्न चुनौती पनि छन् । पछिल्लो समय समाजमा एकअर्काप्रतिको माया मर्दै गएको छ । परिवार भएकाहरुले पनि घरमा लिएर जान नमान्ने भएका कारण परिवारमा पुनर्मिलन गराउन समस्या रहेको छ । सेवा घरले उपचार गरेर सञ्चो हुँदा पनि लैजान नमान्ने अवश्था छ । सेवा घरको पहिलो प्राथमिकता भनेको परिवारसँग पुनर्मिलन गराउनु हो । जुन मुख्य चुनौती बनेको छ । यस्तै राज्य पक्षबाट पूर्ण रुपमा साथ सहयोग नहुँदा समस्या भोग्नु परेको छ । राज्य पक्षबाट सामाजिक संघसंस्थामा पनि भेदभावको भावना छ । जुन स्थानीय तहमा सेवा घर छ ती स्थानीय तहले सहयोग गरे पनि प्रदेश र संघ सरकारबाट सेवा घरका लागि कुनै साथ सहयोग छैन ।

सेवा घरमा रहेका व्यक्तिको उपचारमा समस्या छ । ठुलो रोगका बिरमी पनि छन् सेवा घरमा । जसको उपचारमा लाखौ खर्च हुने पनि छ । त्यस्ता व्यक्तिलार्ई उपचार गर्न, दीर्घरोगीलार्ई नियमित औषधी सेवनमा पनि समस्या रहेको छ । बालाबालिकाको पहिचान नहुँदा हाल जन्मदर्ता र केही वर्षपछि नागरिकताको समस्या हुने निश्चित नै छ । ज्येष्ठ नागरिकको पहिचान नै नहुँदा नागरिकता बिना सामाजिक सुरक्षा भत्ता पाउन समस्या छ । यी समस्या झेल्दा झेल्दै पनि सेवा घरले गरेको मानव सेवा कार्य एकदमै प्रशंसायोग्य र प्रेरणादायी छ । सेवा घरको उचित व्यवस्थापन र दिगोपनामा ध्यान दिन आवश्यक छ ।

Facebook Comments