• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पार्टीलाई आगामी चुनाबमा एक्लै लड्ने अबस्था बनाउनुपर्छः शर्मा




दाङ।नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले पार्टीलाई आगामी चुनाबमा एक्लै लड्ने अबस्था बनाउनुपर्ने बताईन । मंगलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा शर्माले एक्लै चुनाब लड्नकालागि माओवादी घटकहरुबीच एकता आबश्यक रहेको समेत बताईन ।“अब ०८४ सम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकहरुबीच एकताबद्ध गरेर एक्लै चुनाब लड्ने वातावरण निर्माण गर्ने गरि पार्टीले छलफल अघि बढाएको छ”,उनले भनिन्“केन्द्र र प्रदेशमा सरकार गएपनि १२२ पालिका माओवादी केन्द्रले जितेको छ, ति पालिकालाई कसरी मोडल बनाउने भन्ने कुरा पनि पार्टीमा बहस भइरहेको छ ।”

पार्टी भित्र अन्तरविरोध रहने कुरालाई ठूलो रुप बनाउन नहुँने पनि उनको भनाई थियो ।“स्वभाविक रुपमा पार्टीमा छलफल बहस हुन्छन”,उनले भनिन्“तर, त्यही अन्तरविरोधलाई इश्यु बनाएर पार्टी छोड्ने, पार्टी विरुद्ध कुरा गर्ने प्रबृद्धि पनि अन्त्य गर्नुपर्छ ।”

साथै माओवादी केन्द्रले प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउने विषयमा पनि बहस गरिरहेको बताईन् । शर्माले आफू मन्त्री हुँदा अर्थ मन्त्रालय पछि सबै भन्दा बढि राजश्व संकलन गर्ने मन्त्रालयका रुपमा स्थापित गरेको समेत बताईन् ।

त्यस अवसरमा पार्टीका निर्वाचन आयोग संयोजक कुवेर वलीले पार्टी भित्र गुटबन्दी हुन नहुँने बताए । गुटबन्दीले नै पार्टीलाई कमजोर बनाउने उनको भनाई थियो । त्यस्तै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले माओवादी केन्द्रको जनमत बढाउन तर्फ पार्टी केन्द्रित हुनुपर्ने बताए । साथै उनले उपमहासचिब जनार्दन शर्माले पार्टीमा उठाएका एजेण्डा अर्थपूर्ण रहेको बताए ।“अहिलेको बहस पार्टी एकता बनाउनकालागि हो”,उनले भने“ माओवादी घटकहरु एक भएमा मात्रै माओवादी बलियो हुन सक्छ ।”
त्यस अवसरमा पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्ना सुझाब राखेका थिए । पार्टी नगर अध्यक्ष मोहन थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Facebook Comments