• २ आश्विन २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
“युवाहरु खेलकुद र विकासमा जुट्नुपर्छ, लागूऔषध दुर्व्यसनबाट बच्नुपर्छ”- अध्यक्ष विष्ट




देउखुरी । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले युवाहरु खेलकुद र विकासमा जुट्नु पर्ने र लागूऔषध दुर्व्यसनबाट बच्नु पर्नुे बताउनुभएको छ।

गाउँपालिकाकाे वडा नं. १ शान्तिपुरमा मंगलबार शान्तिपुर युवा क्लबले आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा अध्यक्ष विष्टले गाउँका युवाहरुलाई खेलकुद र विकास निर्माणमा सक्रिय सहभागी हुन आग्रह गर्नु भएको हाे।

उहाँले खेलकुदले युवाको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मात्र नभई, उनीहरुलाई अनुशासित र जिम्मेवार नागरिक बन्न समेत मद्दत गर्ने बताउनुभयाे।

“गाउँको समृद्धि र प्रगति युवाहरुको सक्रिय सहभागितामा निर्भर हुन्छ।खेलकुदमार्फत अनुशासन र परिश्रम सिकिन्छ, जुन गुण विकास निर्माणका कार्यमा पनि अत्यावश्यक हुन्छ। हामीले युवाहरुको शक्ति र क्षमतालाई सही दिशा दिन आवश्यक छ।”,-
अध्यक्ष विष्टले भन्नुभयाे।विशेषत: फुटबल खेलमैदानको आवश्यकता औंल्याउँदै खेलकुदको प्रवर्द्धनमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।याे अवसरमा अध्यक्ष विष्टले युवाहरुलाई लागूऔषध दुर्व्यसनबाट टाढा रहन पनि आग्रह गर्नुभयाे।

लागूऔषध दुर्व्यसनले युवाको भविष्य अन्धकारमय बन्ने र समाजमा नकारात्मक असर पुग्ने भएकाले युवाहरु स्वस्थ र सकारात्मक गतिविधिमा संलग्न हुनु पर्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो ।

त्यस्तै उहाँले लागूऔषध दुर्व्यसन नियन्त्रणमा समुदायको भूमिका महत्त्वपूर्ण भएको भन्दै सबैलाई सजग र सचेत रहन आग्रह गर्नुभयाे।

कार्यक्रममा सहभागी युवाहरुले गाउँपालिकाले युवा लक्षित बजेट र योजना निर्माणको माग राखेका थिए।त्यस्तै उनीहरुले फुटबल खेलमैदान निर्माणलाई प्राथमिकता दिन र युवामैत्री कार्यक्रमहरु ल्याउन अध्यक्ष विष्टलाई आग्रह गरेका छन्। अध्यक्ष विष्टले युवाहरुका मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी योजनामा यस्ता मागलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने आश्वासन दिनुभयाे।

क्लबका अध्यक्ष निम बहादुर केएमकाे अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रमुख आतिथ्यतामा भएको उक्त भेटघाट कार्यक्रममा समाजसेवी,बुद्धिजीवी लगायत युवा क्लबका सदस्यहरुकाे सहभागीता रहेको थियो ।भने कार्यक्रमकाे सञ्चालन मन्दिप पाेख्रेलकाे गर्नु भएको थियो ।

Facebook Comments