घोराही ।घोराहीमा अन्तरविद्यालय स्तरिय बास्केटबल प्रतियोगीता हुने भएको छ । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भदौ १७ गतेदेखि २० गतेसम्म चौथो बास्केटबल प्रतियोगीता हुनेभएको हो ।
बास्केटबल खेलको विकास गर्दै विद्यार्थीहरुको उत्साहलाई बढवा दिने र उनीहरुको क्षमता प्रदर्शनको लागि उत्कृष्ट अवसर प्रदान गर्ने उद्धेश्यका साथ प्रतियोगीताको आयोजना गरिएको खेलसंयोजक भुगाेल कवर मगरले बताउनुभयो । साथै गुरुकुल एकेडेमीले बिगत ४ बर्ष देखि बास्केटबल प्रतियाेगिता गर्दै आएकाे हुदा ओझेलमा परेकाे बास्केटबल खेललाई घाेराहि उपमहानगरले समेत बढवा दिदै नगर स्तरिय बास्केटबल प्रतियाेगिताकाे आयाेजना गरिएकाे थियाे यस्तै अन्य विद्यालयले पनि यसरी बास्केटबल प्रतियाेगिता गर्दै जाने हाे भने माेफसलबाट पनि राष्ट्रिय स्तरका बास्केटबल खेलाडि उत्पादन गर्न सकिने प्रतियाेगिताका संयाेजक कँवरले जानकारि दिनुभयाे ।
घोराहीमा हुने उक्त प्रतियोगीतामा जिल्लाभित्रका मावि तहका विद्यालयहरुका लागीे भदौ १५ गतेसम्म टिम दर्ताको समय कायम गरिएको उहाँको भनाई छ । प्रतियोगीतामा सहभागी भएर पहलाे ,दाेस्राे र तेस्राे स्थानहाँसिल गर्ने टिमले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै प्रतियोगीता सहभागी उत्कृष्ट र राईजिङ खेलाडीलाई पनि ट्रफि, र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ । यस आयोजक संस्था गुरुकुल एकेडेमीले वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष बास्केटबल प्रतियोगिता आयोजना गर्दैै आइरहेको छ ।गत बर्ष ७ वटा समुहलाई प्रतियाेगितामा समावेश गरिएकाेमा यस पटक १० वटा समुहलाई समेटेर प्रतियाेगिता संचालन गरिने पनि आयाेजकले बताएकाे छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।