• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीको अध्यक्षमा खनाल




दाङ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५एन अन्तर्गत लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीमा वर्ष २०२४/२०२५ को अध्यक्षमा चन्द्र प्रकाश खनाल निर्वाचित भएका छन् । क्लबको प्रथम उपाध्यक्षमा डा. प्रकाश सुवेदी, द्वितीय उपाध्यक्षमा गेहेन्द्र बस्नेत, तृतीय उपाध्यक्षमा डा. शिशिर सुवेदी, सचिवमा बसन्तप्रसाद रिजाल, कोषाध्उक्षमा इं सागर बस्नेत, उपसचिवमा रामप्रसाद पोख्रेल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा नवराज बसेल, बसन्तराज भट्ट, सञ्जिता भट्ट, धनी खड्का खनाल, दिप्ती राणा, हस्तवीर बुढा, निमबहादुर केसी, कमला केसी, पृथ्वी कुँवर, कुसुम कोमल बुढाथोकी, गोपाल गिरी, सीता मल्ल र अन्जु अधिकारी निर्वाचित भएका छन् ।

 

यस्तै हिजो शुक्रबार एक कार्यक्रमका बिच नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ । संस्थापक अध्यक्ष लव अधिकारीको अध्यक्षता तथा डिस्ट्रिक गभर्नर विनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद तिमल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments