चितवन । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आइतबार बिहान बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
बस सडक किनारमा ठोक्किएको चितवन प्रहरीले जनाएको छ । सुप प्र ०२–००१ ख १३३२ नम्बरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस बिहान सवा सात बजे आफैं अनियन्त्रित भएर सडक आडको डिभाइडरमा ठोक्किएको हो ।
घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । बस सडकमा पल्टिएका कारण बाटो एकतर्फी भएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।