घोराही । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । तुलसीपुर उप-महानगरपालीका वडा नं.१७ स्थित पलटिङ बस्तीमा कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उप-महानगरपालीका वडा नं.१७ का शान्त राज योगी , तुलसीपुर उप-महानगरपालीका वडा नं. ६ बस्ने सरोज डाँगी र तुलसीपुर उप-महानगरपालीका वडा नं. ६ बस्ने बिक्रम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर ३ सय मिलिग्राम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक समेत रहेका प्रवक्ता राम प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेकामाथि सम्मानित जिल्ला अदालत दाङबाट म्याद थप भई इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट थप अनुसधानको काम भैरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।