• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा कुवा सफा गर्ने क्रममा दुई जनाको मृत्यु




घोराही । दाङमा कुवा सफा गर्ने क्रममा दुई जनाको निसासिएर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँ निवासी ३८ वर्षीय यमबहादुर विक र १६ वर्षीय मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

कुवा सरसफाइ गर्न कुवाभित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुरमा रहेको नेपाली सेनाको वेस क्याम्पबाट अक्सिजनसहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

बेहोस अवस्थामा अस्पतालमा ल्याइएका दुबैजनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो,‘सुरुमा यामबहादुर कुवामा पस्नुभएको रहिछ । उहाँ कुवामा पसेर नबोलेपछि फेरी मुकेश जानुभएको र उहाँ पनि त्यही बेहोस भएपछि स्थानीयले प्रहरीलाई खवर गरेका रहिछन ।’

घट्ना करिव विहान नौ बजेतिरको भएको प्रहरीले जनाएको छ । दुबैजना बिना डोरी करिव १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुनेवित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुबै जनाको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

Facebook Comments