दाङ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का गरिएको छ । त्यहाँको थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको जनाइएको छ ।
सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले घटनाको पुष्टि गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।
उहाँले हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन नसकेको बताउनुभयो । अहिलेसम्म दुई वटा होटल पूर्ण रूपमा बगाएको र मानवीय क्षतिको विवरण प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी सोलुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार, तीनवटा घर बगाएको, चार–पाँचवटा घर तान्न लागेको छ । त्यस क्षेत्रमा प्रहरी टोली पठाइएको र विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।