दाङ । गएराति गुल्मी, म्याग्दी, बाग्लुङ, पर्वत, जाजरकोट, दैलेख र अछाममा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा जाजरकोटमा ८६ दशमलव ६ मिलिमिटर, गुल्मीको मुसिकोटमा ८४ दशमलव ४ मिलिमिटर र बाग्लुङको गलकोटमा ८३ दशमलव २ मिलिमिटर पानी परेको हो ।
अहिले केही ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसोपख भने पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई ठाउँमा धेरै पानी पर्ने सम्भावना छ । यस्तै जाजरकोट, दैलेखको डन्डा गाउँ, अछामको असाराघाट क्षेत्रमा पनि ठूलो पानी परेकाले ती ठाउँहरुमा पनि सतर्कता अपनाउन महाशाखाले भनेको छ ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।