घोराही । दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते हुनुभएको भएको छ ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा गएराति करेत सर्पले टोकदा ६ बर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनु भएको छ ।
प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पले टोकेपछि अस्पताल लैजानुको सट्टामा गाउँमा गुरुवाको भर परेर झारफुक गर्दा ६ बर्षीय बालिकको मृत्युको भएको छ । प्रहरीका अनुसार सर्पको टोकाईबाट गम्भीर घाइते बालिकाकी आमा २५ वर्षकी आश्मा चौधरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।