अखिल क्रान्तिकारी दाङले राप्ती गाउँपालिकाको दोस्रो पालिका सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनले मन्दिप पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्णा आचार्य, सचिव आशिष परियार, सहसचिव इशा खत्री क्षेत्री र कोषाध्यक्ष सुनसरी चौधरी रहनुभएको छ ।
संगठनका पालिका संयोजक विनोद सोनीको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता, संगठनका केन्द्रिय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष कल्याण अधिकारीको विशिष्ठ आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो।
कार्यक्रमको संचालन ऐरावती क्याम्पस स्ववियु कोषाध्यक्ष तिलकराम राउतले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।