• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हिन्दु मन्दिरमा मुस्लिमको दान




गिरिराज नेपाली
दाङ । ‘भन्छिन धर्मको मर्म एउटै हो । जहाँ हिन्दुु होस्, चाहे मुुस्लिम हो्, चाँहे क्रिस्चियन । धर्म भनेको सतकर्म वा दानदिव्य हो ।

हिन्दुुको मन्दिर दानभेटी गर्न मलाई मेरो धर्मले छेक्दैन । हाम्रो धर्मले पनि सकेको दान गर्नुु भन्छ । भोकलाई खाना, नाङ्गालाई नाना सकेको दिनुु पर्छ भन्ने हाम्रो पनि हाम्रो कुुरानमा पनि उल्लेख छ । हिन्दुको बेद जस्तै । ’ घोराही उपमहानगरपालिका वडा नं. १५ बैक रोड निवासी एडी दौलतले भन्नुुभयो –‘ सकेको दान गर्नुु सबै धर्मको मर्म हो । ’

घोराही बैंक रोड स्थित कपडा पसल संचालन गर्दै आईरहेका दौलत परिवारले पाण्डवेश्वर महादेव मन्दिर धारापानीले संचालन गरेको श्री शिव महापुुराण संत्सग धार्मिक ज्ञान महायज्ञ एवं महाआरती सहयोगका लागि मन्दिर दान गरेका छन् । परिवार सहित मन्दिर परिसर पुगेका दौलतकी श्रीमती चेहेला खातुन र दुुई छोरा अस्मिन नुरजाहा र अस्ताफ नुरजाहाले संयुक्त रुपमा महायज्ञ सहयोगका लागि दान गरेका हुुन् ।

धार्मिक चालन चलन, परम्परा, भेषभुुषा धर्म संस्कार अनुुसार फरक फरक भएपनि एक धर्मले अर्काे धर्मलाई धार्मिक रुपमा गरिने पवित्र कर्मका सहयोग गर्नु नै धार्मिक सहिष्णुुता कायमका लागि आफूले मन्दिरमा दान गरेको चेहेला खातुनले बताउछिन । उनले भनिन–‘ हामीले हिन्दुु मन्दिरमा दान गर्न नपाउने भन्ने कुनै बन्देज छैन । हामीले पनि मन्दिरलाई मस्जितका रुपमा लिन सक्छौं । जसमा धार्मिक प्रतिशोध हुनुहुदैन भन्ने कुरा हाम्रो बुुझाई छ । ’

पाण्डवेश्वर महादेव मन्दिर धारापानीले हिन्दुु धर्म रक्षा र संवद्र्धनका लागि थालनी गरेको शिव पुुराण र महाआरतीमा दाङवासीहरुको बाक्लो उपस्थितीसँगै पछिल्लो समय दानदाता, भक्तजनहरुको बढ्दै गईरहेका छन् । मन्दिर भौतिक निर्माणका लागि दानदाता विभिन्न संरचना निर्माणसँगै मन्दिरको धार्मिक कार्यमा आम भक्तजनहरु जेडिन थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो ।

मन्दिरले हरेक क्षेत्रको आगमन स्थल रहेकाले यहाँ हरेकको स्वागतका भगवान शिवजी प्रतिक्षामा रहेकाले यसको विकास प्रचार र संरक्षणका लागि सबैका लागि सदैव खुल्ला रहेकाले उहाँले बताउनुुभयो । मन्दिरले हरेक जात , धर्म उत्तिकै सम्मानका साथ राखिरहेको उहाँको भनाई छ ।

Facebook Comments