घोराही । अम्विकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समितिको अध्यक्षमा नारायणप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ ।
शनिवार भएको मतदानमा १२१ मत प्राप्त गरी उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रतिद्वन्द्वी महेन्द्र खनालले ११७ मत मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । कूल २८१ मतदाता रहेकोमा २५० मत खसेको थियो ।
त्यस्तै उपाध्यक्षमा श्रीधर भण्डारी ८५ मतका साथ विजयी हुनुभएको छ । उपाध्यक्ष पदका उम्मेदवार प्रदीप पोख्रेलले ८२ र चन्द्रमणि शर्माले ६७ मत प्राप्त गर्नुभएको छ ।
सहसचिवमा प्रदीप वेलवासे १४० मतका साथ विजयी हुनुभएको छ भने प्रतिष्पर्धी किरण खनालले ७३ मत प्राप्त गर्नुभएको छ ।
महिला सदस्यमा शान्ता बिसी (१५५), मीना रेग्मी (१५४) र विमला रावत (१०१) निर्वाचित हुनुभएको छ । खुला सदस्यहरुमा सुरेशप्रसाद पोख्रेल (१५०), एकराज बुढाथोकी (१४२), माधवप्रसाद पौडेल (१३८), बासुदेव रिजाल (१३०), इश्वरी खनाल (१३०) र सन्तोष नेपाली (१०३) निर्वाचित हुनुभएको छ ।
महिला उपाध्यक्ष निरजा पोख्रेल,सचिवमा दामोदर भुसाल र कोषाध्यक्षमा माधव चौधरी यसअघि नै निर्विरोध भइसक्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।