घोराही । परियार सेवा समाज दाङको दोस्रो अधिवेशन सम्पन्न भएको छ । `परियारहरुको एकता, आजको आवश्यकता, सम्पूर्ण परियार एक हौं भन्ने मूल नाराकासाथ सामजको दोस्रो अधिवेशन शनिबार घोराहीमा सम्पन्न भएको हो ।
घोराहीमा सम्पन्न भएको अधिवेशनले सन्तोष नेपालीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा प्रेम नेपाली, दीलिप परियार कार्की र निर्मला परियार, सचिवमा सुशील परियार सह-सचिवमा प्रदीप परिवार र कोषाध्यक्षमा दीलिप नेपाली चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा खगे नेपाली, ध्रुव नेपाली, रञ्जित परियार, शालिकराम नेपाली, प्रेम नेपाली, राजकुमार परियार, लक्ष्मण परियारलगायत चयन भएका हुन् ।
परियार सेवा समाज दाङका अध्यक्ष केशव नेपालीको अध्यक्षता एवं समाजको पाँचौ राष्ट्रिय सम्मेलन तदर्थ समितिका संयोजक डिबी परियारको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।
समाजका जिल्ला उपाध्यक्ष तेजबहादुर परियारको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सह-सचिव दीलिप नेपालीले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।