दाङ । दाङका हाँस्य कलाकार कमल गाउँलेको गाईजात्रा ‘भीषण ८४’ सार्वजनिक भएको छ । गाउँलले विहिवार २०८१ सालको गाईजात्रा ‘भिषण ८४’ को भिडियो सार्वजनिक गरेका हुन् ।
देशमा भइरहेका विकृति र विसङ्गतिलाई व्यङ्ग्यत्मक ढङ्गले प्रहार गर्दै विगत २४ वर्षदेखि निरन्तर रूपमा गाईजात्रा निकाल्दै आएका गाउँले यस वर्ष पनि व्यङ्ग्यात्मक गाईजात्रा सार्वजनिक गरेका हुन् । गाउँले आफ्नै ‘कमल गाउँले’ युटुव च्यानलबाट उक्त गाईजात्रा सार्वजनिक गरेका छन् । समसायिक विषयवस्तु, राजनीतिलगायतका विषयमा तिखो व्यङ्ग्यात्मक शैलीमा सुधारका लागि प्रहार गरेको हाँस्यकलाकार कमल गाउँलेले बताए ।
उनले गाईजात्राको माध्यमबाट विकृति र विसङ्गतिकाविरुद्धमा निरन्तर रूपमा आपूmले बोले पनि नेताहरूले सुधारमा ध्यान नदिएकाले आपूmले निरन्तर रूपमा गाईजात्रा निकाल्दै आएको बताए । उनले सुरुका वर्षहरूमा काठमाडौंबाट गाईजात्रा निकाल्ने गरे पनि पछिल्लो केही वर्षयता आफ्नै ठाउँ घोराहीबाट निकाल्ने गरेको बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।