दाङ । बंगलाचुली गाउँपालिकाको अगुवाइ तथा दाङ उद्योग वाणिज्य संघ र प्रकृति संरक्षण समूह दाङको सहभागीतामा दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर १ र २ को विचमा पर्ने धिमधिमे पर्यटकीय स्थल परिसरमा बिहीबार बृहत वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोसीले धिमधिमेसँगै समग्र बंगलाचुलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेमा सिंगो दाङ विकासमा मद्दत पुग्ने बताउनुभयो । बंगलाचुलीमा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि सडक संरचनाले असर गरेको र यसको समाधानमा संघ /संस्थासँगै सरोकारवालाले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले सडक संरचना राम्रो भएको खण्डमा घोराहीदेखि पनि बसाइ सरेर बंगलाचुलीमा आउने वातावरण तयार हुने उहाँले बताउनुभयो । बंगलाचुलीको विकासको लागि दाङ जिल्ला उद्योग वाणिज्य संघ सधैभरी तत्पर रहेको समेत उहाँले बताउनुभयो ।
उक्त बृहत वृक्षारोपणमा बरिस्ठ उपाध्यक्ष नरेश श्रेष्ठ , उपाध्यक्ष लिलाराम खड्का , सचीव विकास वली र सदस्यहरु मीन बहादुर बुढाथोकी , युवराज पोख्रेल, बिक्रम राना नर्बु तामाङ तथा बंगलाचुली गाउँपालिकाको जनप्रतिनिधि , स्थानीयबासी र विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
बरपिपल,मालागेडि, चिउरी, कप्पुर, विरेन्द्र गरेर करिब २ हजार विरुवा लगाएको वडा नम्बर २ का वडा अध्यक्ष तथा धमधिमे पर्यटकीय स्थल संरक्षण समितिका संयोजक मैते पुनले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।