दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एकजना नवजात शिशुलाई ५४ दिनभन्दा बढी पिआईसियु हुँदै एनआइसियु बेडमा राखि चिकित्सकहरुले उपचार गरेर बचाउन सफल भएका छन् ।
प्यूठान मल्लरानी गाँउपालिका घर भएका एकजना दम्पत्तिबाट जन्मिएको बच्चा अत्यन्तै स्वास्थ्य अवस्था नाजुक रहेको अवस्थामा चिकित्सकहरुले अत्यन्तै मेहनतबाट गरिएको उपचारपछि शिशुलाई बचाउन सफल भएका हुन् ।
लामो समय एनआईसियु वा पिआइसियुमा बच्चाको उपचार लाग्दा धेरै नै बिरामीका आफन्तहरु आत्तिने गरेपनि नवजात शिशुका आमाबुवाहरु धैर्यतापूर्वक बसेर उपचारमा पुर्ण विश्वास गरेकै कारण वच्चाको लामो समयको उपचारपछि वचाउन सफल भएको हो ।
शिशु जन्मदाको तौल १ किलोको रहेपनि अहिले बढेर १२ सय पुगेको उपचारमा संलग्न चिकित्सक, बाल रोग विशेषज्ञ डा. दिपकराज पौडेलले बताउनुभयो । शिशु जन्मिनासाथ पेटमा, फोक्सोमा रगत बग्ने, जन्डससहित श्वासप्रश्वासमा धेरै स्वास्थ्य समस्या देखिएको र अहिले बच्चामा सुधार आइरहेको डा. पौडेलले बताउनुभयो ।
त्यस्तै रोल्पा निवासी ३४ हप्ताको बच्चाको पनि लामो समयको उपचारपछि बचाउन सफल भएको उहाँले बताउनुभयो ।
नर्सिङको स्याहार, सुसार, चिकित्सकको मेहनतपूर्वकको उपचारका कारण नवजात शिशुको उपचारका लागि प्रतिष्ठान भरपर्दो र विश्वासिलो बन्दै गएको छ । हाल प्रतिष्ठानमा एनआइसियु र पिआईसियु गरेर १६ वेड सञ्चालनमा छन् ।
बिरामीका आफन्तहरुले एनआईसियु र पिआईसियुको बेड थप बढाउन प्रतिष्ठानलाई आग्रह गरेका छन् । एनआइसियु इञ्चार्ज प्रतिभा भण्डारीले पछिल्लो पटक एनआइसियु र पिआइसियुमा नवजात शिशुको उपचार अत्यन्तै राम्रो हुँदै गएको बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।