दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत नर्सिङका विद्यार्थीले सुत्केरी आमालाई स्तनपानको महत्वको बारेमा प्रशिक्षण दिएका छन् ।
विद्यार्थीहरुले विश्व स्तनपान दिवसको अवसरमा प्रतिष्ठानमा प्रसुति सेवा लिन आएका सुत्केरी आमाहरुलाई राखेर स्तनपानको महत्व र आवश्यक्ताको बारेमा प्रशिक्षण दिएका हुन् ।
प्रतिष्ठानमा अध्ययनरत विएनएस नर्सिङका विद्यार्थीहरुले विश्व स्तनपान दिवसको अवसरमा स्तनपानको महत्व र आवश्यक्ताको बारेमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका थिए ।
कार्यक्रममा नर्सिङमा अध्ययनरत विद्यार्थीसहित प्रतिष्ठानकी नर्सिङ कोर्डिनेटर प्रोफेसर अम्विका पौडेल, मेट्रोन शर्मीला शर्मासहित नर्सिङ लेक्चररहरुको सहभागिता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।