तुल बहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ ।
मंगलबार भएको बालबालिकाहरुकाे भेलाबाट मुक्तिराम उपाध्यायको अध्यक्षतामा १५ सदस्य बाल सञ्जाल गठन भएको हो ।
सञ्जालको उपाध्यक्षमा दिपा घर्ती मगर,सचिवमा नरेन्द्र खत्री,सहसचिवमा माेनिका चाैधरी र कोषाध्यक्षमा चुरामणी पेङ्गी मगर रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा आर्यन चाैधरी,जीवन विक ,अनुष्का चाैधरी,कृतिका चाैधरी,सिरिष चाैधरी,कृतिना चाैधरी,अनमाेल चाैधरी,बिक्रम पाैडेल,अप्सरा चाैधरी र अमर चाैधरी रहनु भएको छ ।
कार्यक्रमका गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,वडा सदस्य सुन्दर शाही ,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसी लगायतले नव गठित बाल सञ्जाललाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव दिनुभएको थियो ।
बालअधिकार र बालश्रमकाे नाममा कतिपय
बालबालिकाहरुले घरकाे सामान्य काममा समेत अभिभावकहरुलाई सहयोग नगर्ने पाइएको बताउदै त्यसाे गर्न नहुने उहाँहरुकाे भनाइ थियो ।
त्यस्तै उहाँहरुले बाल सञ्जाललाई गाउँपालिका,वडा तथा आ-आफ्नो व्यक्तिगत तर्फबाट समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकाले बालमैत्री वडा घाेषण गर्ने तयारीका साथ वडा नम्बर ८ का १० वटै टाेलहरुमा बाल सञ्जाल गठन गरि सकेकाे छ।
यसैबीच राप्ती गाउँपालिका श्रम तथा राेजगार सेवा केन्द्रले बालबालिकाहरुलाई बालअधिकार र बालश्रम सम्बन्धी जानकारी गराएको छ।
केन्द्रका प्रमुख मुमाराम भुसालले सहभागी बालबालिकाहरुलाई बालअधिकार र बालश्रम सम्बन्धी संविधानमा उल्लेख भएको व्यवस्था बारे जानकारी गराउनु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।