• १५ माघ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वच्छ नेपालद्वारा माध्यामिक विद्यालय सौडियारमा वृक्षारोपण




दाङ । ‘आजको वृक्षारोपण, भोलीको सुुरक्षित र स्वस्थ जीवन’ भन्ने मुलनाराका साथ स्वच्छ नेपालले माध्यामिक विद्यालय सौडियारमा वृक्षारोपण गरिएको छ । स्वच्छ नेपालले माध्यामिक विद्यालयको परिसरमा कपुुर, विरेन्द्र फूल,बकाईनो बेल र शिलत चिनीका बोटबिरुवा रोपेको हो ।

स्वच्छ नेपालको अध्यक्ष बिन्दुु आचार्य गिरीको अध्यक्षता तथा घोराही उपहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजुु भट्टराईको विशिष्ट आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष चौधरीले पर्यावरणको संरक्षणको महाअभियानमा जुटेको स्वच्छ नेपालको सकारात्मक कर्मका लागि सधैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पर्यावरण बिना मानव अस्तित्व समेत संकटमा रहेकाले पर्यावरणको संरक्षणमा सबै लाग्नुुपर्ने उहाँको भनाई थियो । बढ्दोे शहरी करण, अव्यवस्थित वस्ती विकास, बढ्दो औद्योगिकरणले पर्यावरण नाशिदै गइरहेकाले विकाससँगै विनाशको चपेटामा परेको पर्यावरणलाई जोगाउन अपरिहार्य रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा स्वच्छ नेपालकी अध्यक्ष अतिथिहरुलाई धन्यावाद ज्ञापन गर्दै मानवीय आनीवानी सुधार गर्न सके पर्यावरणको जोगाउन सकिने बँताउनुभयो । मानवीय व्यवहारका कारण पर्यावरण अहिले समस्यामा रहेकाले मानवीय व्यवहार सुधारमा लाग्नुुपर्ने उहाको भनाई थियो ।

संस्थाकी संस्थापक अध्यक्ष शसशिला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गिरिराज नेपाली गर्नुुभएको थियो ।

Facebook Comments