• २५ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा पार्टी र जनवर्गीय संगठनलाई एकीकृत रुपमा परिचालन गर्न निर्देशन




मानसिंह बिक
देउखुरी । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल बलदेवले नेपाल कम्युनिस्ट पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनका लागि पार्टी र जनबर्गीय संगठनलाई एकीकृत रुपमा परिचालन गर्न नेताहरुलाई निर्देशन दिनुभएको  छ ।

उहाँले नेपालकाे राजनीतिमा पार्टी स्थापित गर्न पार्टी  र जनवर्गीय संगठनलाई पनि निर्वाचन लग्नुपर्ने बताउँदै अब पार्टी विधि निर्वाचन लाग्नेगरी तयार भएको बताउनुभयाे । सचिब खनालले अब माओवादी पार्टीका हरेक कामका लागि जनताकाे सुशासनको काम गर्दा गर्दै पनि बिचौलिया, भ्रष्टाचारीहरु एक स्थानमा भएर सरकार ढालेकाे सत्य भएको जनताले बुझेकाे बताउनुभयाे । उहाँले नेपालकाे सरकार परिवर्तन कारण जनताकाे बिचमा सुशासन र सामाजिक न्यायकाे विषय लगेर जानुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बरालले जनवर्गीय संगठन र पार्टी एकताबद्ध भएर सिङ्गाे जनताकाे मुक्तिकाे लागि लड्नुपर्ने बताउनुभयाे । उहाँले जनबर्गीय सङगठनहरुले पार्टीको नीति याेजना सम्प्रेषण गर्न जनताकाे बीचमा जाने बताउनुभयाे । उहाँले पार्टीका संगठनहरु जनताकाे बीचमा जान निर्देशन दिनुभयाे । अध्यक्ष बरालले लुम्बिनी प्रदेशकाे भरि चलायमान बनाउनकाे लागि लाग्न बताउनुभयाे ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति संगठन बिभागकाे आयाेजनामा संगठनात्मक अन्तरक्रिया कार्यक्रम लुम्बिनी प्रदेशकाे राजधानीमा साउन २०  गते अर्थात आइतबार  सम्पन्न भएकाे छ ।

बैठकमा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिकाे सचिव तथा सङगठन विभाग प्रमुख कृष्ण अधिकारी प्रकाशकाे अध्यक्षतामा  नेकपा माओवादी केन्द्र केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश समिति इन्चार्ज चक्रपाणि खनाल बलदेवकाे प्रमुख आतिथ्यतामा    नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति, अध्यक्ष सुदर्शन वराल बिशिस्ट आतिथ्यमा कार्यालय सचिव यज्ञ पाेखरेल सञ्चालनमा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश समिति इन्चार्ज चक्रपाणि खनाल बलदेवले राजनितिक हिसाव माओवादी बिजय बनेकाे बताउनुभयो ।  जिल्लाका सयाेजक र जनवर्गीय संगठनका प्रमुखले रिपोर्टिङ गर्नुभएको थियाे ।

Facebook Comments