श्रवण कुमार यादव
देउखुरी। दाङ देउखुरीको लमही नगरपालिका-६, देउपुरमा अवस्थित देउखुरी पब्लिक सेकेण्डरी अंग्रेजी बोर्डिङ्ग स्कूलमा नेपाली साहित्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता स्कूलका प्रधानाध्यापक भूमाण्डप के.सी.ले गरेका थिए। यस कार्यक्रममा यस क्षेत्रका प्रमुख साहित्यकारहरु निम बहादुर थापा, छबिलाल कोपिला र गुरु प्रसाद कुमाल ‘बुलबुल’ लगायतको महत्वपूर्ण उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य अतिरिक्त क्रियाकलाप समितिका सदस्य हेमन्त भुषालले राखेका थिए भने धन्यवाद ज्ञापन अतिरिक्त क्रियाकलाप समितिका प्रमूख तिर्थराज पाण्डेले गरेका थिए। कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप समितिका सदस्य सन्दिप खनालले गरेका थिए।
यस कार्यक्रममा विद्यार्थी लगायत अतिथि साहित्यकारहरुले आ-आफ्ना लेख रचनाहरु वाचन गर्नुका साथै नेपाली साहित्यका विभिन्न विषयमा चर्चा गरेका थिए। देउखुरी पब्लिक स्कूलमा विगत ६ बर्षदेखि शुक्रवारका दिन ‘किताब बिनाको दिन’ का रुपमा विद्यार्थीलाई विभिन्न गतिविधिमा सहभागी गराइने चलन छ। यो शुक्रवारिय कार्यक्रम “किताब बिनाको दिन” अन्तर्गतको कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक भुमण्डप केसीले जानकारी दिए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।