देउखुरी । युथ्स अफ देउखुरीको नया कार्यसमिती चयन गरिएको छ ।
माईकल बस्नेतको अध्यक्षतामा १० सदस्यिय नया कार्यसमिती चयन गरिएको हो । बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन । जसको वरिष्ठ उपाध्यक्ष हरुमा अर्जुनकुमार बस्नेत र झलकसिंह रसांईली, कोषाध्यक्षमा पवित्रा विश्वकर्मा, सचिवमा सरोज पौडेल, सहसचिवमा अनिलनाथ योगी निर्बिरोध चयन भएका छन । त्यस्तै, नवगठित कार्यसमिति सदस्यहरूमा भिष्म श्रेष्ठ, तिलक रायमाझी, मोहम्मद साहिद, श्री रोका मगर चयन भएका छन । भेलाले आशिष् न्यौपानेको संयोजकत्वमा सल्लाहकार समिती समेत गठन गरेको छ । जसको वरिष्ठ सल्लाहकारमा इन्द्रकुमार खड्का, कानुनी सल्लाहकारमा यादव पाण्डे (सुरज), सल्लाहकारहरुमा अमित कुमार गुप्ता र रितेष खड्का रहेका छन् ।
सभाले सँस्थालाई मिडियामैत्री बनाउन देउखुरीका विभिन्न क्षेत्रमा प्रेस संयोजक पनि तोकेको छ । लमहीका लागि प्रेससँयोजकमा टेकबहादुर पुन, राप्तीका लागि ओमप्रकाश गुप्ता र गढवाका लागि श्रवण कुमार यादवलाई जिम्बेवारी दिईएको छ । नयाँ पदाधिकारी सहित समिती गठन भएसँगै यूथ्स अफ देउखुरीले आफ्नो सामाजिक र आर्थिक विकासका योजनाहरूलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । सँस्थाका अध्यक्ष माईकल बस्नेतको अध्यक्षतामा बसेको भेलाको सहजीकरण पवित्रा विश्वकर्माले गरेकी थिइन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।