• २५ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा टिप्परकाे ठक्करबाट घाइते बस्नेतकाे उपचारक्रममा मृत्यु




घोराही । दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।

आज बेलुका घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका ३९ वर्षीय कुलबहादुर बस्नेतकाे उपचारकाे क्रममा मृत्युु भएकाे हाे ।

बस्नेत घोराही उपमहानगरपालिका वडा नमवर ९ मछाही घर भएका र हाल घाेराही उपमहानगरपालिका वडा नम्बर १५ मा बसाेबास गर्दै आएका थिए ।

घाइते बस्नेतको उपचारक्रममा८:४५ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

Facebook Comments