• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्राज्ञिकले १६ जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने




घोराही । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले यो वर्ष १६ जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

प्राज्ञिकले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो । परिषद्ले शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै शैक्षिक सामग्री वितरण गर्ने   विषयको जानकारी गराएको थियो ।

परिषद्को सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ सुरु हुने र यस वर्ष १६ जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने बताएको छ ।

यो वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर गरी १६ वटा जिल्लाका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई उनीहरूको आवश्यकतालाई महशुस गरी झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने परिषद्ले  जनाएको छ ।

शुक्रबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु पंगेनी, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख तथा कोशी र मधेश प्रदेश संगठन सचिव छितराज न्यौपने, राष्ट्रिय सचिव जानकी आचार्य, सृष्टि जोशी, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण प्रसाद हुमागाई, सेवा र विकासका लागि युवाका कार्यकारी निर्देशक अर्जुन बगाले, बाग्मती प्रदेश सचिव मनिता देवकोटा लागाएतको उपस्थिति रहेको थियो ।

Facebook Comments