• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवनियुक्त स्वास्थ्य मन्त्री सारुलाई बधाई तथा जिम्मेवारी हस्तारण




मानसिंह विश्वकर्मा
देउखुरी । लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनमगरले नवनियुक्त स्वास्थ्य मन्त्री खेमबहादुर सारुलाई जिम्मेवारी हस्तातरण तथा बधाई ज्ञापन गर्नुभयो ।

नवनियुक्त स्वास्थ्य मन्त्री खेमबहादुर सारुलाई निवर्तमान स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनमगरले कार्यकक्षमा स्वागत गर्नुको साथै जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।

नव नियुक्त मन्त्री खेम सारु मगरलाई शुक्रबार दिउँसो मन्त्रालयमै स्वागत समेत गर्नुभएको हो । साथै निवर्तमान स्वास्थ्य मन्त्रीले आफूले मानिसको सबैभन्दा स्वास्थ्य नै धन भएकाले गर्दा स्वास्थ्यको समृद्धीका लागि चालिएका कदमहरुको पूर्णता दिनका लागि अनुरोध गर्नुभएको थियो । उहाँले मन्त्री फेरवदल भएपनि मन्त्रालयले लिएका दुर्गामी महत्वका विषयहरुलाई सबैले प्राथमिकताका साथ कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा पहिलो धन स्वाथ्य, पहिलो विकास स्वास्थ्य हो भन्ने विचारलाई स्थापित गरिएको बताउनुभयो । उहाँले स्वास्थ्यक्षेत्रको सुधार गर्नका लागि निकै प्रयास गरेपनि राजनीतिक अस्थिरताले समस्या निम्त्याएको बताउनुभयो ।

नव नियुक्त मन्त्री खेमबहादुर सारुले आफूले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएकोले सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विगतका मन्त्रीहरुले लिएको कार्य योजना र आफ्नो योजनालाई एकाकार गरी अगाडी बढाउने बताउनुभयो । उहाँले राजनीतिक यात्रालाई अझै फराकिलो रुपमा अगाडि बढाउनका लागि सबैसँग सहकार्य गर्ने बताउनुभयो ।
सबैका मन्त्रीहरुले लिएका योजनालाई सहकार्यकतामा अगाडि बढाउनको लागि आफूहरुले सबै तहबाट सहयोग गर्ने प्रतिवद्धता मन्त्रालयका सचिव बासुदेव उपाध्यायले बताउनुभयो ।

अर्काे मन्त्री नियुक्ती भएकै दिनमा आफूले गएर स्वास्थ्य मन्त्रीलाई स्वागत तथा आफ्नो कार्यकालमा भएका कामहरुको बारे नयाँ मन्त्रीलाई जानकारी गराउने मन्त्री विरलै पाइन्छ । निवर्तमान स्वास्थ्य मन्त्री दीपेन्द्र पुनमगरले यस्तो गर्दा सहकार्यता र काम गर्ने भावनाको विकास हुने बताउनुभयो । यो नयाँ काम नै हो । कतिपय मन्त्रीहरुले आफू जिम्मेवारीबाट हटेको दिनदेखि सोही मन्त्रालयमा जाने काम नै गर्दैनन् । गए पनि त्यति राम्ररी सहकार्य नगर्ने प्रवृति रहेको छ । यसरी सबैसँग मन्त्री भए पनि नभएपनि आफ्नो जिम्मेवारीलाई निरन्तर रुपमा अगाडि बढाई रहनुभएको छ । उहाँले मन्त्री पदमा नरहे पनि निरन्तर सहयोग गर्ने र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Facebook Comments