• ६ बैशाख २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा खोलाले अटो बगाउँदा दुईजना बेपत्ता




दाङ  । दाङमा खोलाले अटो बगाउँदा दुईजना वेपत्ता भएका छन् भने चार जनाको सकुशल उद्धार गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर-४ मा बेतने खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका अन्दाजी ५५ वर्षका सीता आले र सुर्खेत घर भइ हाल तुलसीपुर-४ खाद्रेमै बस्ने अन्दाजी १७ वर्षका मन्जु खड्का वेपत्ता हुनुभएको हो ।

गएराति करिब सवा ८ बजेको समयमा तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई बेतने खोलाले बगाएको हो ।

अटोमा पाँच जना चढेको र चालकसहित तीन जना सकुशल उत्रन सफल भएको प्रहरीले जनाएको छ ।

अटो चालक तुलसीपुर-४ खाद्रे ४६ वर्षका हरिकिशन बिक, सोही ठाउँका अन्दाजी ३४ वर्षका सुनिता थापा र ७ वर्षका सुशान्त आले सकुशल उत्रन सफल हुनुभएको हो ।
वेपत्ताको अहिले पनि खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय कालाखोलाले अटो बगाउँदा वेपत्ता भएका चालकको भने सकुशल उद्दार गरिएको छ । तुलसीपुर-घोराही सडकखण्ड अन्तरगत तुलसीपुर-७ मा पर्ने कालाखोला गएराति करिब साढे ९ बजेतिर रा १ ह २३५७ नम्बरको अटो बगाएको हो ।

तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको अटोलाई बगाउँदा तुलसीपुर-७ पर्सेनीका २२ वर्षका अटो चालक दुर्गा बहादुर पुनलाई उद्दार गरि अस्पताल लगिएको वडा अध्यक्ष रामबहादुर जिसीले बताउनुभएको छ । पुनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

 

Facebook Comments