आलोक भावुक
गढवा । दाङ देउखुरीको गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक योजना निर्माणका लागि बुधवार छलफल कार्यक्रम सम्पन्न गरेको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा हाल सम्मको शिक्षाको अवस्थाको बारेमा छलफल गरी आगामी दिनमा कसरी शिक्षामा गुणस्तर सुधार गर्दै अघि बढ्ने बारे बृहत छलफल भएको छ।
गढवा गाउँपालिकाले शिक्षा क्षेत्रको बिकासका लागी योजना निमार्ण गरी अघि बढ्ने बारे छलफल भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । गढवा गाउँपालिकाको सभाहलमा बुधवार सम्पन्न भएको छलफल कार्यक्रममा गढवा गाउँपालिकाको शिक्षामा गुणस्तर सुधारका लागि योजना निमार्ण गरी अघि बढ्ने छलफल भएको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।कार्यक्रममा समग्र गाउँपालिका भित्रका बिद्यार्थी र बिद्यालयलाई लक्षित गरी शिक्षा क्षेत्रको बिकासका लागी गाउपालिकाले योजना निमार्ण गर्ने निर्णय भएको हो भन्ने अध्यक्ष पोख्रेलले भन्नु भयो ।कालिका स्वावलम्बी सामाजिक केन्द्र संग साझेदारी गरेर शिक्षाको क्षेत्रमा सकरात्मक सुधार हुनेमा आफु बिस्वस्त रहेको बताउनुभयो
कालिका स्वावलम्बी सामाजिक केन्द्र कपिलवस्तुको आयोजना, र युरोपियन युनियन र युनिसेफको आर्थिक सहयोगमा भएको छलफल कार्यक्रममा कालिका स्वावलम्बी सामाजिक केन्द्र कपिलवस्तुका कार्यक्रम व्यवस्थापक हरिश्चन्द्र चौधरीले गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि शिक्षा क्षेत्र योजना निर्माण गर्दा समावेश गर्नुपर्ने महत्वपूर्ण विषयबस्तु र त्यसको प्रावधानको बारेमा जानकारी दिनु भएको थियो।
छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरले शिक्षामा गुणस्तर सुधार नभए सम्म शिक्षामा खासै उपलब्धि देखिने बताउनुभयो। संस्कार सहितको शिक्षा आजको आवश्यकता भएको बताउदै वडाध्यक्ष आले मगरले समग्र गाउँपालिकाको शिक्षाको अवस्थामा सुधार गर्न सबैको साथ सहयोगको आवश्यकता पर्ने बताउनुभयो। शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक योजना बनाएर सबैको ऐक्यबद्धता र योजना कार्यान्वयन लाई प्रथामिक्ता दिनुपर्ने बताउनुभयो।
कार्यक्रमको सहजीकरण कालिका स्वालम्बन सामाजिक केन्द्रले गरेको थियो । कार्यक्रममा गढवा गाउँपालिका सहित दाङ जिल्ला र लुम्बिनि प्रदेशको शिक्षा क्षेत्रको अवस्थाका बारेमा कालिका स्वालम्बन सामाजिक केन्द्र एसईएसपी अफिसर सुजिता शाक्य र कालिका स्वावलम्बी सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावतले प्रकाश पार्नुभएको थियो।
छलफल कार्यक्रमम गढवा गाउँपालिका विभिन्न वडाका वडाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत कैलास चन्द्र चौधरी,शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, बिभिन्न विद्यालयका शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका शिक्षा शाखाका रविलाल माझीले गर्नु भएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।