श्रवण कुमार यादव
राजपुर। राजपुर गाउँपालिका-०३ मा पर्ने खरदरिया गाउँमा आज सोमबार एक कार्यक्रमबीच खानेपानी योजनाको उद्घाटन गरिएकाे छ।
स्थानीय बासिन्दाहरुमा लामो समयदेखिको शुद्ध खानेपानीको प्रतिक्षा अन्ततः आज समाप्त भएको छ। यस योजनाले हजारौं घरधुरीलाई सफा र सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ।
प्रमुख अतिथि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख श्री तिलक न्यौपानेले उद्घाटन गर्दै भने, “यो परियोजना समुदायका लागि एक महत्वपूर्ण मीलको पत्थर हो। स्वच्छ पानीको पहुँचले स्वास्थ्यमा सुधार ल्याउने र जीवनस्तर उकास्नेछ।”
उनले भने, “पानीको पहुँच र सरसफाइमा सुधार ल्याउनको लागि विशेष ध्यान दिनु पर्ने आवश्यकता छ। स्वच्छ र सुरक्षित पानीको पहुँच पुर्याउने लक्ष्य यस योजनाले राखेका छ।”
न्यौपानेले खानेपानीको नीतिनिर्माण, आगामी योजना, धारा जडान, बिल महशुल लागायतका विविध पक्षमा सुझाव दिँदै शुभकामना व्यक्त गरेका थिए।
खानेपानी समितिका सदस्य हिरा लाल यादवकोे स्वागत् मन्तव्यबाट सुरु भएको कार्यक्रममा मटेरिया खानेपानीका अध्यक्ष शेर बहादुर भण्डारी, राजपुर गाउँपालिका वडा नं ३ का पुर्व वडा अध्यक्ष राम छोरे यादव, वर्तमान वडा अध्यक्ष राम प्रसाद यादव लगायतले सम्बाेधन गर्नुभएकाे थियाे।
खानेपानी आयोजना समितिका अध्यक्ष हौंस लाल यादवकोे सभाध्यक्षतामा भएको कार्यक्रमकाे सहजीकरण भने खानेपानी समितका सचिव दिनानाथ यादवले गरेका थिए।
उद्घाटन समारोहमा विभिन्न अधिकारीहरू, परियोजना प्रबन्धकहरू, तथा समाजका प्रतिष्ठित, बुद्धिजीवी, समाजसेवी, व्यक्तित्वहरू उपस्थित थिए।
“प्रत्येक घरमा पानीको कनेक्शन पुर्याउन र सुनिश्चितता दिन प्रतिबद्ध छौं”- वडा अध्यक्ष राम प्रसाद यादव
त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं ३ का वडा अध्यक्ष राम प्रसाद यादवले प्रत्येक घरमा पानीको कनेक्शन पुर्याउन र सुरक्षित पिउने पानीको सुनिश्चितता दिन प्रतिबद्धता जनाएका छन्। स्थानीय विकास र जनताको आधारभूत आवश्यकताको परिपूर्ति गर्न यो योजना लागू गरिने यादवले बताए।
अध्यक्ष यादवले भने, “पानी मानव जीवनको आधारभूत आवश्यकता हो। हाम्रो यो गाउँकोे सबै नागरिकलाई स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं। यो हाम्रो प्राथमिकता हो र हामीले यसका लागि आवश्यक स्रोतसाधन र योजनाहरु आगामी दिनमा सबैको सुझाव अनुसार बनाउने छौं।”
वडा कार्यालयले विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था, तथा समुदायका सदस्यहरुसँग सहकार्य गर्दै आवश्यक कदमहरु चाल्ने योजना बनाउने छ। अध्यक्ष यादवले भने, “हामीले सबै नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिन्छौं र पानीको अभावका कारण स्वास्थ्य समस्याहरु सिर्जना नहोस् भनेर काम गर्छौं।”
स्थानीय बासिन्दाहरुले पनि यस योजनाको स्वागत गरेका छन्। उनीहरुले अध्यक्ष यादवको पहललाई सराहना गर्दै वडाको समग्र विकासमा यो योजना महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
यो अभियान सफलतापूर्वक कार्यान्वयन भएपछि, बस्तीका प्रत्येक घरमा स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच हुनेछ र यो कदमले समुदायको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।