• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लायन्स क्लबको बैठक सम्पन्न




तुलसीपुर  । लायन्स क्लब अफ स्वर्गद्वारीको आयोजनामा जोन मिटिङ तुलसीपुरमा सम्पन्न भएको छ । लायन्स क्लव इन्टरनेशनल ३२५ एन एरिया २ का जोन ४ चेयर पर्सन लायन कृष्णकुमार गिरीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ ।

बैठकले एनएलएफ फण्ट अन्तर्गत लायन्स क्लब स्वर्गद्वारी, दाङ क्यापीटल, तुलसीपुरले ५०/५० हजार जम्मा गरि १ लाख ५० हजार बरावरको रकम मोतियाविन्दुका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया गरि सहयोग गर्नका लागि जोनमा पेश हुन आएको प्रस्तावलाई क्याविनेट बैठकमा पठाउने निर्णय गरेको छ । त्यस्तै बैठकमा जोन अन्र्तगतका क्लवहरुले हालसम्म गरेका गतिविधिको विषयमा जोन चेयर पर्सन लायन कृष्णकुमार गिरीले जानकारी गराउनु भएकाे थियाे ।

त्यसै गरि लायन्स क्लव अफ स्वर्गद्धारी तुलसीपुर–४ रक्षाचौरको बैठक सम्पन्न भएको छ । क्लवका अध्यक्ष मिना थापा मगरको अध्यक्षतमा बसेका बैठकले क्लवमा विभिन्न व्यक्तिहरुलाई पदिय जिम्मेवारी प्रदान गरेको छ ।

जस अन्र्तगत क्लवको हेल्थ डाइरेक्टरमा डा सुलक्ष्मी कटुवाल, साइट फष्ट डाइरेक्टरमा शालिकराम गौतम, एनएलएफ फण्ट डाइरेक्टरमा लोकमणि गौतम, क्लव गुड स्टैंडीग डाइरेक्टरमा सुष्मा जिसी, पव्लीक रिलेसन एण्ड फंडीङ डाइरेक्टरमा ताराप्रसाद पोख्रेल, इन्फर्मेसन डाइरेक्टरमा विष्णुप्रसाद खनाल, सोसल सर्भिस डाइरेक्टरमा कुमार गौतम टेल ट्युस्टारमा मिना मल्ल र क्लव सष्टेन डाइरेक्टरमा विष्णुप्रसाद भण्डारीलाई जिम्मेवारी दिएको छ ।

बैठकले एनएलएफ फण्ट अन्तर्गत लायन्स क्लव स्वर्गद्धारी, दाङ क्यापीटल, तुलसीपुरले ५० /५० हजार जम्मा गरि १ लाख ५० हजार बरावरको रकम मोतियाविन्दुका विरामीहरुलाई निःशुल्क शल्यक्रिया गरि सहयोग गर्नका लागि प्रस्तावलाई जोनमा पठाउने निर्णय गरेको छ ।

त्यस्तै क्लवका निर्वतमान अध्यक्ष डा सुलक्ष्मी कटुवालले १० हजार सहयोग प्रर्दान गरेकोमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । त्यस्तै क्लवको दिगोपनाका लागि विभिन्न कार्यहरु गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा डिष्ट्रीक एक्जोकोटिभ को चिफ सम्शेर थापा, ध्रुव गौतम, पव्लीक रिलेसन इनचिफ ताराप्रसाद पोख्रेल, लायन्स क्लव दाङ क्यापीटलका अध्यक्ष भिमप्रकाश वली प्रथम उपाध्यक्ष अजित खनाल,सचिव प्रकाश भुसाललगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments