• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक




दाङ । देउखुरीका संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘नक्कली भैछुर’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने छ भन्ने अपेक्षा गरेको यस गीतका लय संकलक ज्ञानेन्द्र स्वर्णकारको भनाई छ । असंख्य गीतहरुको भिडमा हाम्रो गीतलाई स्रोताले झ्याप्प मन मस्तिष्कमा राख्न सकुन भनेर लय अत्यन्तै सरल र सहज बनाइएको छ र अर्को कुरा यो गीतको लय स्रोता र पाठकले सजिलै गुनगुनाउन सकुन भन्ने उदेश्यले नै गरिएको हो ।

यो गीतमा चलनचल्तीका शृंगार लगाउदैमा मैले के गल्ति गरे भनेर आफ्ना मनका भावहरु पोखिएको छ । के यी शृंगारहरु लगाउदैमा नक्कली भइन्छ र ? के यी कसैले नलगाएका शृंगार हुन र भन्दै आफ्ना संगी साथीलाई सोधिएको भाव यस गीतमा झल्किएको छ । गीतलाई सुष्मा ग्रेसले मिठासपूर्ण शैलीमा आवाज दिएकि छिन् ।

गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारले लय भरेका छन् । गीतलाई सन्तोष सुनामले एरेन्ज गरेका हुन् । गीतको कोरियोग्राफी चर्चित नृत्य निर्देशक विक्रम चौहानले गरेका छन् भने चर्चित मोडेल अन्जली अधिकारी र करिश्मा ढकालले अभिनय गरेका छन् ।

लमहीमा रहेर पत्रकारिता गर्दै आएका संचारकर्मी गजमेरका शब्दमा आधुनिक र लोक गीत पनि बजारमा आइसकेका छन् । छिट्को गुन्यो’ बोलको गीतमा यादवनाथ योगी र रिता केसीले आवाज दिएका छन् । ‘किन किन तिम्रै यादमा’ बोलको गीतमा पछिल्लो समयमा चर्चित गायक गोविन्द मधुर आचार्यले आवाज दिएका छन् भने ‘तल तल बनायो’ बोलको गीतमा ज्ञानेन्द्र स्वर्णकार र विशाखा शाहीले आवाज दिएका छन् ।

त्यस्तै यो गीतको पुरा भिडियो हेर्नका लागि तल लिंक राखिएको छ ।https://m.youtube.com/watch?si=5h9z8ht9s2pkE-ZZ&fbclid=IwZXh0bgNhZW0CMTEAAR03YrNX27t1GmswgntnydGDCZ3y7arxVZNLpSgjOh3Z06EIrtxn-VsmbyI_aem_ZS5lAl-F0xXQKK2E9MMmgw&v=7aGtFSaWRNs&feature=youtu.be

Facebook Comments