• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाद्वारा एक विद्यार्थी एक बिरुवा उपहार




तुल बहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई फलफूलका बिरुवा वितरण गरेको छ ।

पालिकाले विद्यार्थीहरुमा वातावरणीय चेतना जागृत गराउनुका साथै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने योजनाअनुसार तीनवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई उक्त बिरुवा वितरण गरेको हो ।

वडा नं.४ मा रहेको माध्यमिक विद्यालय माैरीघाट,६ मा रहेकाे ज्ञानाेदय माध्यिमिक विद्यालय पत्थरगढवा र ८ मा रहेको शंकर माध्यमिक विद्यालय पिपरीका कक्षा ८ देखि १० सम्मका ९ सय १५ जना विद्यार्थीहरुलाई आँप र अम्बाका कलमी बिरुवा वितरण गरेकाे गाउँपालिकाका वन तथा वातावरण शाखाका फाेकल पर्सन सुवास भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र शिक्षा शाखा प्रमुख विश्वाक लगायतले विद्यार्थीहरुलाई संयुक्त रूपमा बिरुवा वितरण गर्नु भएको हाे।

बिरुवा वितरण कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले फलफूलका बिरुवा रोप्दा पर्यावरण संरक्षण,विद्यार्थीहरुमा वातावरणीय चेतना वृद्धि, स्थानीय अर्थतन्त्रको सुधार हुनुका साथै स्वस्थकर फलफूल उत्पादनले नागरिकको स्वास्थ्य लाभ समेत हुने बताउनुभयो ।

“बिरुवा वितरण गर्नुकाे उदेश्य विद्यार्थीमा कृषि प्रति रुचि जगाउने र उत्पादन सँग जोडने पनि हाे।”, अध्यक्ष विष्टले भन्नुभयो,-“यो अभियानले विद्यार्थीहरुमा अध्ययन सँगसँगै श्रम गर्ने बानीको समेत विकास हुन्छ।”

आगामी दिनमा अन्य विद्यालयहरुमा पनि यस किसिमको कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ।

फलफूल वितरण कार्यक्रम वडाका जनप्रतिनिधि,कृषि प्राविधिक लगायत शिक्षकहरूको समेत सहभागिता रहेको थियो ।

Facebook Comments