• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सदस्यता नवीकरणमा लाग्ने जरिवाना छुट दिने उवासंघको निर्णय




घोराही । दाङ जिल्ला उद्योग बाणिज्य संघले आफ्ना सदस्यलाई सदस्यता नवीकरण गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय गरेको छ । शुक्रबार संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

आर्थिक मन्दिको कारण व्यवसायमा परेको प्रभावमा सहयोग पुगोस् भनेर म्याद नाघेको व्यवसायीको नवीकरण गर्दा लाग्ने जरिवाना छुट दिएको संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनुभयो ।

साथै संघमा ३ बर्ष भन्दाबढी समयसम्म नवीकरण गर्न बाँकी रहेका व्यवसायीलाई ३ तीन बर्षको मात्र शुल्क तिरेर नवीकरण गर्ने पाउने भएका छन् ।

संघले यस आर्थिक बर्षसम्म नवीकरण गर्नेलाई छुट दिएको उहाँको भनाइ रहेको छ । यसले व्यवसायीहरुलाई थोरै भएपनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यसैबीच संघले कार्यालयबाट अन्तारिक राजश्वको आयकर र अन्त: शुल्क इजाजत पत्रको नवीकरण र कर चुक्ता प्रमाण पत्र समेतको सेवा संघको कार्यालयबाटै गरिरहेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ ।

संघबाट सेवा प्राप्त भएपछि व्यवसायीहरुलाई तुलसीपुरसम्म पुग्नुपर्ने बाध्यता हट्नेछ । जसले गर्दा आर्थिक तथा समयको समेत बचत हुने उहाँको भनाइ रहेको छ । संघले अन्त: शुल्क इजाजत पत्रको नवीकरण साउन महिनाभित्र गर्न सम्पूर्ण व्यवसायीलाई समेत अनुरोध गरेको छ ।

Facebook Comments