• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नीति तथा समाबेशीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम होलेरीमा सम्पन्न




कमल खड्का
रोल्पा । सरकारी अनुदानको प्राबधान नीति र समाबेशीकरण सम्बन्धी सरोकारवाला पक्षहरुसँग अन्तरक्रिया कार्यक्रम रुन्टीगढी गाउँपालिकामा सम्पन्न भएको छ । डिकोसद्वारा संचालित समुन्नति परियोजना र समुन्नति डिजिटल फाइनान्सको प्राबिधिक सहयोगमा रुन्टीगढी गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

समुन्नति परियोजना र गाउँपालिकाको नीति र रणनिति योजना कार्यक्रम निमार्ण तथा कार्यन्वयन सरकारी अनुदान,सहुलियत कर्जा र पशु एवं बाली बीमाका बारेमा सरोकारवाला निकायका बिच अन्तरक्रिया गरिएको हो ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला निकाएहरुको सहभागिता रहेको थियो । कार्यक्रममा निति कार्यक्रम योजना निर्माण तथा कार्यन्वयन कसरी गरिन्छ कसरी गर्ने किसानले सहुलियत कर्जा कसरी प्राप्त गर्न सक्छन यसका प्राबधान के-के हुन्छन । त्यस्तै पशु बीमा तथा बाली बीमा कसरी गरिन्छ र यस्का प्राबधान के के हुन्छन भन्ने बारेमा अन्तरक्रिया भएको हो ।

कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष पुनले रुन्टीगढीमा गाउँपालिकाले पशु बीमा तथा बाली बीमा सत प्रतिसत निशुल्क गरिएको र कृषिमा आधारित वीउ बिजन र मेसनरी समान पनि ५० प्रतिसत अनुदानमा दिदै आएताको बताउनुभयो । तर सहुलित कृषि कर्जा भने किसानले पाउन नसकेको बताउनुभयो । यसको कारण पहिले सहुलियत कर्जा लिएर सही सदुपयोग नगरि कर्जा तिर्न नस्दा त्यसको प्रभाव इमानदार कृषकलाइ समेत परेको बताउनुभयो ।

निति र रणनिति योजना कार्यक्रम के हो यस्ले के गर्छ यसबाट के फाइदा पुग्छ यो भयो भने के हुन्छ भन्ने बारेमा सहजिकरण डिकोसका लै.स.सा.स अधिकृत दिलकुमारी बुढामगरले गर्नु भएको हो । त्यस्तै सहुलियत कर्जा कसरी कहाँबाट पाउन सकिन्छ बीमा कसरी गर्ने बिमाका फाइदा के- के हुन्छन बीमा गर्दा के हुन्छ भन्ने बारेमा सि एम एफ नेपालका भान देव पन्तले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण समुन्नति परियोजनाका सामाजिक परिचालक यादव गिरीले गर्नुभएको हो ।

Facebook Comments