• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनप्रतिनिधि र कर्मचारीका सवारीसाधनमा जिपिएस जडान




तुल बहादुर कवँर मगर
भालुबाङ । राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका सवारीसाधनमा जिपिएस ट्रयापिङ उपकरण जडान गरिएको छ ।

गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा उक्त उपकरण जडान गरेको हो । कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरी सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउन सो प्रणालीले सहयोग गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकामा रहेका ३६ वटा सवारी साधनमा एकै पटक ट्रयापिङ सिस्टम जडान गरिएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकासँगै वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिका सवारी साधनमा समेत सो उपकरण जडान गरिएको छ । सिस्टम जडान गरिएपछि कुन सवारी कहाँ छ भन्ने सहजै थाहा हुने भएकाले सवारीसाधन दुरुपयोग नहुने अध्यक्ष विष्टको भनाइ छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षले प्रयोग गर्ने सवारी साधनसहित अन्य जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने मोटरसाइकल र अन्य पालिका मातहतका सबै सवारीसाधनमा जिपिएस जडान गरिएको छ ।

ती सवारी साधन कहाँ कहाँ पुगेका छन भन्ने कार्यालय प्रमुखले जुनसुकै समयमा सहजै निगरानी गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments