दाङ। मोटरसाइकलको ठक्करबाट देउखुरीमा एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका -१ नर्ती निवासी चन्द्र प्रसाद चौधरीकी १० वर्षिया छोरी स्वस्तिका चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भयो ।
साउन ६ गते आइतबार बेलुका पौने आठ बजेको समयमा स्वस्तिकाले बाटो क्रस गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ गईरहेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा उनि गम्भीर घाइते भएकी थिईन । गम्भीर घाइते स्वस्तिकाको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।
मोटरसाइकल चालक गढवा गाउँपालिका- २ महदेवा निवासी २९ वर्षिय अपिल शर्मा पनि घाइते हुनु भएको छ । शर्माको चिउडो र बायाँ हातमा चोट लागेकोले उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।